Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

नक्कली विज्ञप्तिले कांग्रेसलाई आपत

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले नक्कली विज्ञप्तिमा भ्रमित नहुन आग्रह गरेको छ । कांग्रेसले एक विज्ञप्ति जारी गर्दै गठबन्धन सरकारबारे जनतालाई भ्रम छर्ने कुत्सीत उद्देश्यले सभापतिको नाम राखेर नक्कली विज्ञप्ति जारी गरी सामाजिक सञ्जालमा सम्प्रेषित गरेकोमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । सामाजिक सञ्जालमा सरकारले ल्याएको अध्यादेशको विरोधमा कांग्रेसको धारणा भन्दै भाइरल बनाइएपछि मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा भ्रमित नहुन जनतालाई आग्रह गरिएको छ । त्यस्तै, विज्ञप्तिमा यस्ता कार्य गैरकानूनी कार्य गर्नेलाई कानूनी दायरामा ल्याउन सम्बन्धित निकायलाई आग्रह पनि गरिएको छ ।