Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

नक्कली सुन देखाई ठगी

काठमाडौं । सक्कली जस्तो देखिने १ किलो नक्कली सुन देखाई ठगी गरेको अभियोगमा ६ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा काठमाडौं कपन बस्नेहरु सिन्धुपाल्चोक वाह्रविसे नगरपालिका(२ घर भएका ४१ वर्षीय मंगले तामाङ, २६ वर्षीय सुजन रसौली, ३३ वर्षीय विष्णु वहादुर राउत, ३१ वर्षीय नवराज राउत, रामेछाप दोरम्वा गाउँपालिका(२ घर भएका ३१ वर्षीय रोशन वुढा मगर र ललितपुर सानागाउँ बस्ने सिन्धुपाल्चोक वाह्रविसे नगरपालिका(२ घर भएका २३ वर्षीय किरण लामा रहेका छन् ।
कपन निलोपुल नजिकै उक्त सुन देखाई ५० लाखमा विक्रि गर्न ग्राहक खोजिरहेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले सुन खरिद गर्न ५ लाख सहित खरिद कर्ताले सुन लिन मोलतोल गर्दै गरेको अवस्थामा उक्त नक्कली सुन फेला पारी उनीहरुलाई पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरुको साथबाट मोबाइल ६ थान समेत बरामद गरेको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।