Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

नबिल बैंकका ऋणीलाई ०.२५ प्रतिशत छुट

काठमाडौं । नबिल बैंक लिमिटेडले आफ्ना ऋणीलाई शुन्य दशकलव २५ प्रतिशत छुट दिएको छ । कोरोनाभाइरस महामारीबाट आफ्ना ऋणी गम्भीर समस्यामा परेपछि बैंकले शुन्य दशमलव २५ प्रतिशत छुट दिएको हो । ग्राहक मैत्री पहिचान बनाएको नबिल बैंकले साउनमा आफ्ना सबै ऋणी ग्राहकहरूलाई ०.२५ प्रतिशत ब्याज दर घटाएको छ । यस्तो छुट खराब कर्जाका ऋणीले प्राप्त गर्ने छैनन । बैंकको यो प्रयासले ऋणीलाई राहत हुनेछ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले भने, नबिल बैंकबाट ऋण लिएका व्यक्ति र संस्थागत ग्राहकहरूले भोग्नुपरेको निरन्तर कठिनाइलाई ध्यानमा राख्दै हामीले हाम्रा सबै ऋणीलाई लाग्ने ब्याज दरमा ०।२५ प्रतिशत छुट दिएका छौं । कुनै व्यक्तिको अटो वा होम लोन छ, वा कम्पनीले लिएको हाइड्रो ऋण छ वा बीचमा अन्य कुनै ऋण लिएको छ भने उसले यो सुविधा पाउने छ । तर, खराब ऋणीको सूचीमा रहेको वा समयमै ऋण चुक्ता नगरेको ऋणीले यो सुविधा पाउदैन्ँन् ।
हालै मात्र कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा निजी क्षेत्रका सबै भन्दा बढी रकम रु। ६ करोड हस्तान्तरण गरेको बैंकले आफ्नो दीर्घकालिन योजनामा सातै प्रदेशमा नबिल सरुवा रोग रोकथाम, नियन्त्रण तथा सहयोग केन्ıका लागि अस्पताल निर्माण तथा उपचारमा सहयोग गर्न अघी बढ्ने योजना समेत बनाएको छ ।