Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

नबिल बैंकको ऋणपत्र निष्काशन खुला

काठमाडौं । नबिल बैंकले मंसिर २९ गतेदेखि पुस ३ गतेसम्म ३ अर्ब रुपियाँ बराबरको ऋणपत्र निष्काशन गर्ने भएको छ ।
बैंकले प्रतिइकाई १ हजार रुपियाँ दरमा ३० लाख इकाई ऋणपत्र निष्काशन गर्न लागेको हो । पुस ३ गतेसम्म पर्याप्त आवेदन नपरेमा पुस १३ गतेसम्म निष्काशन खुला रहनेछ ।
बैंकले १८ लाख इकाई आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्ने भएको छ । बाँकी १२ लाख इकाई सर्वसाधारणका लागि बिक्री गर्न लागिएको बिक्री प्रबन्धक कुमारी क्यापिटलले जानकारी दिएको छ ।
सर्वसाधारणलाई बिक्री गरिने ऋणपत्रमध्ये ६० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषहरुका लागि छुट्याइएको छ ।
बैंकले ७ वर्ष अवधिको ‘९प्रतिशत नबिल डिबेन्चर २०८७’ नामको ऋणपत्र जारी गर्न लागेको हो । न्यूनतम २५ इकाईदेखि अधिकतम १२ लाख इकाईसम्म आवेदन दिन सकिने बिक्री प्रबन्धकले जनाएको छ ।


सम्बन्धित समाचार

दमौलीमा मध्यराति भीषण आगलागी

२०८१ जेष्ठ ७

ताजा नेपाल

छानविन समिति नबने संसद अघि नबढ्ने

२०८१ जेष्ठ ७

ताजा नेपाल