Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

नबिल बैंकको हिरोज् अफ नेपालमा शेफ सन्तोष शाह सम्मानित

काठमाडौं । नबिल बैंकको“हिरोज् अफ नेपाल” मा शेफ सन्तोष शाह सम्मानित भएका छन् । हिरोज् अफ नेपालको दोस्रो संस्करणमा नेपाललाई अन्तर्राष्ट्रिय मञ्चमा चिनाएर लाखौंको माया पाउन सफल शेफ सन्तोष शाहलाई सम्मानित गरिएको हो । शेफ सन्तोष शाहले यु।के। को मास्टरशेफ कार्यक्रममा नेपालको प्रतिनिधित्व गर्दै नेपाली परिकारहरुलाई विश्व सामु चिनाउनुका साथै नेपालीको शिष्टाचार र मैत्रीपूर्ण भावलाई पनि प्रदर्शित गरेर हरेक नेपालीलाई गौरवान्वित बनाएका छन् ।
शेफ शाह, नबिलका सीईओ अनिल केशरी शाह र पूर्व मिस नेपाल वल्र्ड अनुष्का श्रेष्ठबीच भएको प्यानल छलफलको क्रममा, शेफ सन्तोष शाहले उनको प्रेरणादायक उपलब्धिहरूको बारेमा बोल्नुका थिए । साथै उनको जीवनका यात्राका चुनौतीहरू पनि वर्णन गरे ।

नबिल बैंकले शेफ सन्तोष शाहलाई उनको उत्कृष्ट अनुगमनलाई जारी राख्न प्रोत्साहनको रूपमा प्रेरणादायक उपलब्धिका लागि सम्मानित गरेको जनाएको छ । जसको अनुसरण गर्दै, नबिल बैंकले शेफ शाहको गृह नगरमा ई–पुस्तकालय निर्माण गर्न र ५ महिला विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्न पनि प्रतिबद्धता जनाएको छ ।