Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

नब्बे लाखको चिनी बरामद

परासी । नवलपरासी ९बर्दघाट सुस्तापश्चिम०मा सशस्त्र प्रहरीले चिनी बरामद गरेको छ । भारतबाट नवलपरासीका सीमानाका हुँदै राजस्व छली गरी दैनिक रूपमा चिनी भित्रिने गरेको गुनासो बढेका बेला सशस्त्र प्रहरीले बुधबार रामग्राम नगरपालिका र प्रतापपुर गाउँपालिका क्षेत्रबाट ९० लाख रुपियाँको अवैध चिनी बरामद गरेको हो । सशस्त्र प्रहरी बल नेपाल हरपुर बीओपी र महेशपुर भन्सार कार्यालयबाट खटिएको संयुक्त टोलीले बुधबार बिहान प्रतापपुर गाउँपालिका–२ बाट ना. ६ ख २१९७ नं. को ट्रकमा रहेको ४२० बोरा (२१ हजार केजी) र रामग्राम नगरपालिका–५ स्थित परासी–भैरहवा हुलाकी मार्गबाट लु. १ ख ९८७१ नं. को ट्रकमा रहेको ४२० बोरा (२१ हजार केजी) गरी ४२ हजार केजी चिनी बरामद गरेको सशस्त्र प्रहरी बल नेपाल नं. २६ गण बेलाशपुरका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक रूपकुमार क्षेत्रीले राससलाई जानकारी दिनुभयो । चिनीसँगैै ओसारपसारमा संलग्न दुईवटै ट्रकसमेत नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि महेशपुर भन्सार चलान गरिएको उहाँले बताउनुभयो ।