Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

नयाँ आईजीपीले लगाए फुली

काठमाडौं । नेपाल प्रहरकिा नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) शैलेश थापा क्षेत्रीले दर्ज्यानी चिन्ह लगाएका छन् । गृह मन्त्रालयमा बिहीबार आयोजित कार्यक्रमका बीच गृह सचिव महेश्वर न्यौपानेले उनलाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् । सरकारले मंगलबार अपरान्ह वरिष्ठताका आधारमा थापालाई महानिरीक्षकमा बढुवा गर्ने निर्णय गरेको थियो । गृहको कार्यक्रम सकिएपछि उनलाई प्रहरी प्रधान कार्यालयमा स्वागत गर्न समारोह राखिएको छ । बिहीबारैबाट थापाले महानिरीक्षकको कार्यभार सम्हाल्नेछन् ।