Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

नयाँ नेतृत्वले कांग्रेस सम्हाल्दै

काठमाडौं । नयाँ निर्वाचित नेतृत्वले काँग्रेस सम्हाल्ने भएको छ । कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत कार्यसमिति चयनका लागि मंसिर २७ गते मतदान सम्पन्न भएको छ । प्रमुख सत्ताधारी दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति चयनका लागि महाधिवेशन प्रतिनिधिले मतदान गरेको १० दिनपछि मतगणना सकिएको छ । बिहीबार अबेर सम्पूर्ण मतगणना सकेर नतिजा सार्वजनिक गरेको निर्वाचन समितिले नवनिर्वाचित सबैलाई आज शुक्रबार प्रमाणपत्र दिने कार्यक्रम राखेको छ ।
आज नवनिर्वाचित सबैलाई प्रमाणपत्र दिन नेताहरूको वरिष्ठता सूची तयार पारिनेछ र पदभार ग्रहणको कार्यक्रम पनि आजै गरिनेछ । त्यस्तै, १४औं महाधिवेशनबाट आएको केन्द्रीय कार्यसमितिको पहिलो बैठक भोलि शनिबार बस्ने गरी तयारी भइरहेको छ । एक सभापति, दुई उपसभापति, दुई महामन्त्री र आठ सहमहामन्त्रीसहित १ सय ३४ जना केन्द्रीय सदस्य महाधिवेशनले निर्वाचित गर्नुपर्ने व्यवस्थाबमोजिम १० दिनअघि मतदान भएको थियो । सभापतिका लागि भने पहिलो चरणमा कुनै पनि उम्मेदवारको ५० प्रतिशतभन्दा बढी मत नआएकाले दोस्रो चरणको निर्वाचगर्नुपरेको थियो । कांग्रेस निर्वाचन समितिले निर्वाचन सम्पन्न भएदेखि हिजो साँझ अबेरसम्म लगातार मतगणना गरिरहेको थियो । कांग्रेस अधिवेशनमा मतदाताको संख्या ४ हजार ७ सय ४३ थियो ।