Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

नयाँ पुराना सबैलाई प्रधानमन्त्रीको भोज

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डल पुनर्गठनपछि बाहिरिएका र नयाँ मन्त्रीहरुलाई सामूहिक डिनर दिएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीले शनिवार साँझ नयाँ र पूराना मन्त्रीहरुलाई परिवारसहित बोलाएका हुन् ।
प्रधानमन्त्रीले आह्वान गरेको डिनर पार्टीमा काठमाडौंमा उपलव्ध भएका अधिकांश मन्त्रीहरु उपस्थित भएपनि मन्त्रिमण्डल पुनर्गठनका क्रममा बहिर्गमनमा परेकाको भने खासै उपस्थिती थिएन । पूर्व भौतिक योजना मन्त्री रघुवीर महासेठ पत्नीसहित बालुवाटार पुगेपनि अन्य पूर्व मन्त्रीहरु भने बालुवाटार गएनन् ।
राजधानीमा रहेका मन्त्रीहरु उपस्थित भए भनिएपनि सरकारका उपप्रधानमन्त्री उपेन्द्र यादव र उनको दल समाजवादी नेपालका तर्फबाट मन्त्रीरहेकाहरुको भोजमा उपस्थिति थिएन ।
खानपान र गफगाफका क्रममा प्रधानमन्त्री ओलीले मन्त्रीहरु र पुनर्गठनपछि मन्त्री बनेकाहरुलाई प्राथमिकता तय गरेर अघि बढ्न सुझाव दिएका थिए । केही मन्त्रीहरु पत्नीसहित साँझ साढे ६ बजे बालुवाटार पुगेका थिए भने केही ढिला पुगेका थिए । केही मन्त्रीहरु राति १० बजेसम्म बालुवाटारमा खानपान गरेर फर्किएका थिए ।