Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

नयाँ बजेट ल्याउन पूर्वअर्थमन्त्रीको सुझाव

काठमाडौं। बहुमतको नयाँ सरकारले अल्पमतको सरकारले अध्यादेशबाट ल्याएको बजेटमै अर्थतन्त्र चलाउने कि नचलाउने भन्ने बहस शुरु भएको छ । अर्थमन्त्री जनार्दन शर्माले मन्त्रिपरिषदले पूर्णता पाएपछि मात्र नयाँ बजेटको कुरा टुङ्गो लाग्ने बताएका छन् । बुधवार पूर्वअर्थमन्त्रीहरूसँगको छलफलमा शर्माले मन्त्रिपरिषदको पूर्णता र संसदको अंक गणितलाई मध्यनजर गरेर मात्र नयाँ बजेट प्रस्तुत गरिने बताएका छन् । मन्त्री शर्माले अहिले विकास निर्माणको कामभन्दा जनतालाई कोभिड खोप लगाउने कुरा नै मुख्य प्राथमिकतामा रहेको बताएका छन् । उनले विज्ञहरूको सुझाव लिएर अर्थतन्त्रलाई अहिलेको भन्दा गतिशील बनाउने प्रयत्न गर्ने बताएका छन् । उत्पादन र रोजगारी सृजनामा सहयोग पुग्ने खालका पूर्वाधार विकासलाई अगाडि बढाइने शर्माले बताए । कार्यक्रममा पूर्वअर्थमन्त्री एवं पूर्वसभामुख कृष्णबहादुर महरा र पूर्वअर्थमन्त्री डा. रामशरण महतले अध्यादेश बजेटलाई प्रतिस्थापन गरेर पूर्णआकारको बजेट ल्याउनुपर्ने सुझाव दिएका छन् ।


सम्बन्धित समाचार