Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

नयाँ मन्त्रीमा यिनको सम्भावना

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रिमण्डल पुर्नगठन गर्ने तयारी गरेका छन् । नेपाल कम्युनिष्ट पार्टीको सचिवालयले ओलीलाई मन्त्री हटाउने र बनाउने सम्पूर्ण जिम्मेवारी दिइसकेको छ । ओलीले अर्का अध्यक्ष प्रचण्ड, वरिष्ठ नेताहरु झलनाथ खनाल,माधवकुमार नेपाल र वामदेव गौतमसँग नयाँ सरकार गठनबारे परामर्श गरेर चाँडै नयाँ मन्त्री बनाउने भएका छन् । २५ सदस्यीय मन्त्रिमण्डलबाट कम्तीमा सातदेखि १० जना मन्त्री फेर्ने गरी गृहकार्य चलिरहेको बालुवाटार स्रोतले बतायो । ओलीले वामदेव गौतमलाई उपप्रधानमन्त्री बनाउन खोजेका छन् । अर्थ मन्त्रालयको जिम्मेवारी नेकपा महासचिव विष्णु पौडेललेपाउने सम्भावना छ ।
नयाँ मन्त्रीका रूपमा पूर्वएमालेबाट सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, छविलाल विश्वकर्मा, कृष्णगोपाल श्रेष्ठ, महेश बस्नेत, पार्वत गुरुङ, वसन्त नेम्वाङ, पदम गिरी, प्रेम आले, यज्ञराज सुनुवार तथा पूर्वमाओवादी समूहबाट जनार्दन शर्मा, पम्फा भुसाल, अग्निप्रसाद सापकोटा, लेखराज भट्ट, प्रभु साहलगायतको नाममा छलफल चलिरहेको छ ।