Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

नयाँ मन्त्रीहरूको वरीयता यस्तो छ, नारायणकाजी भन्दा रघुवीर माथि

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले हिजो आफ्नो मन्त्रिपरिषद् विस्तार गरेर २० सदस्यीय बनाएका छन् । उनको मन्त्रीपरिषदमा तीन उपप्रधानमन्त्री र १६ जना मन्त्रीहरू छन् भने राज्यमन्त्री र सहायक मन्त्री छैनन् । राष्ट्रपति कार्यालयबाट प्राप्त पत्रअनुसार तीन उपप्रधानमन्त्रीमध्ये भौतिक योजना मन्त्रालयको जिम्मेवारी पाएका रघुवीर महासेठ वरियतामा सबैभन्दा अगाडि छन् । यसअघि पनि उपप्रधानमन्त्री भइसकेका श्रेष्ठभन्दा पहिलोपटक उपप्रधानमन्त्री बनेका महासेठलार्ई माथि राखिएको छ । व्यक्तिगत पृष्ठभूमिभन्दा पार्टीगत हिसाबले यो वरीयता निर्धारण गरिएको देखिन्छ । मन्त्रीहरूमध्ये सबैभन्दा माथिल्लो वरीयतामा अर्थमन्त्री वर्षमान पुन छन् । उनीपछाडि माओवादीकै अर्का मन्त्री शक्ति बस्नेत र नेकपा एसका भानुभक्त जोशीलाई राखिएको छ । मन्त्रीहरूमध्ये एमालेबाट सबैभन्दा माथिल्लो वरीयतामा पदम गिरी छन् । उनी यसअघि पनि एकपटक मन्त्री भएका थिए । एमालेले अन्य मन्त्रीहरूमा लो प्रोफाइलका नेता पठाएको छ । रास्वपाका तीन मन्त्रीहरूलाई वरीयता क्रमको सबैभन्दा पुछारमा राखिएको छ । २० औं नम्बरमा युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठ छन् भने १९ औं नम्बरमा शिक्षामन्त्री सुमना श्रेष्ठ छिन् । उनीहरू दुवै पहिलोपटक मन्त्री बनेका हुन् । यसैगरि १८ नम्बरमा डोलप्रसाद अर्याल छन् । उनी दोस्रोपटक मन्त्री बनेका हुन् ।