Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

नवलपरासी बस दुर्घटनामा ६ जनाको मृत्यु, १० घाइते

काठमाडौं । नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को बिनयी त्रिवेणी गाउँपालिका–२ स्थित एस मोडमा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् ।

नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको प्रदेश–३–०१–००६ ख १५५३ नम्बरको बस चालकले नियन्त्रण गुमाउँदा सडकबाट नालामा खसेको हो । बसमा चालकसहित १८ जना सवार थिए ।

दुर्घटनामा मृत्यु भएका ६ जनामध्ये पाँच जनाको परिचय खुलेको छ । मृतकमा जाजरकोट भेरीगंगा–३ का ५० वर्षीय निर्जुङ खत्री, बाँके कोहलपुर–३ का ३२ वर्षीय दिपेन्द्र केसी, बाजुरा स्वामीकार्तिकका ६५ वर्षीय नरेन्द्रराज गिरी, बाँके कोहलपुर–१० का ५५ वर्षीय एकेन्द्रराज रेग्मी र नेपालगञ्ज–७ का २२ वर्षीय कृष कनौजिया रहेका छन् । एक पुरुषको परिचय खुल्न सकेको छैन ।

घाइतेहरूको नवलपरासी र चितवनका विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।