Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

नवीकरण शुल्क तिर्ने समय असार २२ सम्म

काठमाडौं । बीमा समितिले असार २२ गतेसम्म बीमाशुल्क बुझाए जरिवाना (ब्याज) नलिन जीवन बीमा कम्पनीहरुलाई निर्देशन दिएको छ । समितिले असार १५ गतेसम्म कायम रहेकोमा अव बीमाशुल्क बापतको रकम संकलन गर्ने अवधि असार २२ गतेसम्म थप गरेको जनाएको हो । यस अघि बीमा समितिले जेठ ३२ गते जीवन बीमा कम्पनीहरुलाई एक सर्कुलर जारी गर्दै लकडाउन समाप्त भएको मितिले १५ दिनसम्म नवीकरण शुल्कमा ब्याज नलाग्ने व्यवस्था गर्न निर्देशन दिएको थियो । तर सरकारले लकडाउन केही सहज मात्र गरेको यस अवस्थामा जीवन बीमा कम्पनीहरुले भने असार १५ पछि नवीकरण शुल्कमा व्याज छुट नपाउने सुचना प्रकाशित गरेका थिए । लकडाउको गलत बुझाईको विरोध आएपछि समितिले असार २२ गतेसम्म बीमाशुल्क बुझाउने समय थप गरेको हो । सरकारले कोरोना रोकथाम तथा नियन्त्रणको लागि भनेर चैत ११ गतदेखि गरेको लकडाउन असार १ गतेदेखि केही खुकुलो मात्रै गरेको छ । तर पुर्ण रुपमा लकडाउन भने खुलेको छैन् । सरकारको निर्णयहरुमा समेत प्रष्ट रुपमा लकडाउन खुला गरेको निर्णय गरेको छैन् । तर जीवन बीमा कम्पनीहरुको संगठन बीमक संघले भने आर्थिक गतिविधिहरु सुचाररू भएकोले बीमा कम्पनीहरुको प्रयोजनका लकडाउन खुला भएको दाबी गर्दै असार १६ गतेदेखि नवीकरण शुल्कमा ब्याज लिने निर्णय गरेको थियो ।