Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

नागरिकतामा ओलीको राष्ट्रघात

  • अर्जुन ज्ञवाली

सर्वोच्च अदालतले संसद पुनस्र्थापना गरेपछिको संसदीय राजनीतिमा केपी ओली नै अगाडि देखिएका छन् । विचार र सिद्धान्त विहीन राजनीतिमा सांसदहरु खसी बोका जस्तै बनिरहेका छन् । कुनै समय प्रचण्डको टाउकाको मूल्य ५० लाख तोक्ने शेरबहादुर देउवा रौतहटमा २०६४ सालमा माओवादी नरसंहार गर्न भूमिका निभाएका उपेन्द्र यादवहरुको अनैतिक सिद्धान्त र विचार विहीन गठबन्धन दक्ष प्रजापतिको बोकाको टाउको जस्तै हो । नेपालमा संसदीय व्यवस्था अफाप सिद्ध भयो भन्ने कुरा ०४६ सालदेखि ०७६ सालसम्मको संसदीय अभ्यासले सिद्ध गरेको छ । यसकारण २०१७ साल पौष १ को राजा महेन्द्रको कदम नेपालको सन्दर्भमा ठीक थियो भन्ने कुरा २०७८ सालसम्म आइपुग्दा पुष्टि भएको छ । बनारसबाट रगतमै राष्ट्रघात बोकेर उदय भएको काँग्रेस र कम्युनिष्ट आवरण बोकेर खसीको टाउको झुण्ड्याएर कुकुरको मासु बिक्री गर्ने संसदीय व्यवस्थालाई उपलब्धी भन्नेहरु इतिहासमा राष्ट्रघाती, देशद्रोही, कलंकित पात्रको रुपमा दर्ज हुने छन् । सत्य तीतो र तितो यथार्थ हुन्छ । करिब करिब नेपालका राजनीतिक दलहरु आफैंमा विघटन भैसकेको अवस्था छ । प्रश्न यतिबोल ऐजेन्डा सहितको वैकल्पिक शक्ति निर्माण हुन नसक्नु हो । यसको फाइदा केपी अ‍ोलीले लिइरहेका छन् र अझै पनि लिने छन् । पश्चिमी क्रिश्चियन र अपराधी भ्याटिकनको डलरमा धर्म निरपेक्षता र संघीयता जस्ता घातक एजेन्डालाई उपलब्धी भन्ने बाबुराम, प्रचण्ड, शेरबहादुर, उपेन्द्र गठबन्धन भीरबाट पल्टन लागेको जनावरको बधान जस्तै हो । कार्यकर्ता र समर्थक भनेका गणेशमान सिंहले भनेजस्तै भेंडा मार्काका नरपशु हुन् भन्दा अत्युक्ति हुँदैन ।
मदन भण्डारीको हत्यापछि रअ र सिआइएको देशी विदेशी शक्तिकेन्द्रको योजनामा १५ वर्ष एक छत्र महासचिव बनाइएका माधवकुमार नेपाल को हुन् ? भन्ने कुरा धेरै बहस गर्नु आवश्यक छैन । माधव नेपाललाई बोकेर हिँड्दा जसरी पुष्पमकमल दाहाल पछारिए अब पछारिने पालो शेरबहादुर देउवाको हुनेछ । केपी ओलीसँग लड्न त्यति सजिलो छैन भन्ने कुरा त ओल्ी एकातिर सम्पूर्ण विपक्षी र आफ्नै पार्टीभित्रका माधव, झलनाथ विपक्षमा हुँदा पनि सडकमा गरिरहेको प्रहसनले नै सिद्ध गरेको छ । ५० लाख मूल्इ तोकेको टाउकाहरु बोकेर स्थानीय निर्वाचनमा प्रचण्ड पुत्री रेणु दाहाललाई मत्रपत्र च्यातेर जिताउनु परेको अवस्थामा सबै कुरा संख्या र गणितले गर्दैन भन्ने कुरा प्रष्टछ । १० वर्षे माओवादी हिंसामा घरबाटै थुतेर माओवादी मार्फत् घाँटी रेटिएका काँग्रेसीहरु सबै शेरबहादुर देउवाको सति जान्छन् भन्नेक ुरा छैन । यो अवस्थामा मुलुक निर्वाचनमा गयो भने परिणाम अकल्पनिय हुनसक्छ । राजनीतिमा कुण्ठाले दिशा निर्देशन गर्दैन बनारसमा रअ संरक्षणमा बसेर पुष्पलालको पछाडि हिँडेका आवाराहरु एमालेप्रति जतिसुकै ईश्या गरे पनि त्यो डाडुमा पानी तताएर खन्याए जस्तै हो । यो अवस्थामा २०५६ मा तत्कालिन नेकपा मालेको परिणाम हेक्का राख्न जरुरी छ । माथि देखिने संख्याले दिशा निर्देश गर्दैन । तत्कालिन मालेले स्ववियु निर्वाचनमा जितेको जित र ओली विरोधी वर्तमान गठबन्धनले पत्रकार महासंघ र राष्ट्रियसभाको भर्खर सम्पन्न उपनिर्वाचनमा जितेको जित उस्तै हुनेछ । यसकारण जबसम्म प्रचण्ड, उपेन्द्र, देउवा गठबन्धन धर्म निरपेक्षता र संघीयता जस्ता घातक एजेन्डामा समिक्षा गर्दैनन् त्यसको परिणाम फाइदा ओलीले नै लिनेछन् ।
एमसीसीमा निर्वस्त्र उत्रिएका केपी ओली वर्तमान संविधान विरुद्ध आमाका नाममा बाबुको पहिचान बिनाको नागरिकताको क्रिश्यियन एजेन्डामा महन्त ठाकुरसँग सम्झौता गरेर अर्को राष्ट्रघातमा उभिएका छन् । तर जनता समाजवादीलाई आफ्नो अनुकूल प्रयोग गर्ने नाममा प्रचण्ड गठबन्धनले ऐजेन्डामा प्रतिरोध गर्ने साहस छैन । ओलीको विकल्प शेरबहादुर होइन, दुवै जना राष्ट्रघाती महामाली सन्धिदेखि एमसीसीसम्म समान मत राख्नेहरु हुन् । यस्ता ऐजेन्डा विहीन व्यक्ति परिवर्तन ले निकास दिँदैन । यो कुरालाई राम्रोसँग बुझेका केपी ओलीले त्यसै चुनौती दिएका होइनन् । हो अब संसदीय व्यवस्थाकै विकल्पको बारेमा छलफल हुनुपर्दछ । तथाकथित पश्चिमी मोडलको लोकतन्त्र नेपाललाई अफाप सिद्ध छ भन्ने कुरा विगत ३० वर्षको संसदीय अभ्यासले नै प्रमाणित गरिसकेको छ । यसर्थ अबको बहस संघीयता र धर्मनिरपेक्षता विरुद्धको महाअभियानमा केन्द्रीत गर्नु पर्दछ । ०३६ सालपछिको अनियमित नागरिकता छानविन गर्नुपर्छ । त्यो अवस्थामा राजेन्द्र महतो, महन्त ठाकुर, हृदयेश त्रिपाठी मार्काको राजनीति किनारा लाग्ने छ । यसकारण एजेन्डा विहीन गठबन्धनको कुनै औचित्य छैन । परिणाम पनि केही दिँदैन ।


सम्बन्धित समाचार