Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । सरकारले नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९’ शुक्रबार राष्ट्रिय सभाबाट पुनः पारित गराउने तयारी गरेको छ। पुनर्विचारका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमै फिर्ता गरेको नागरिकता विधेयक प्रतिनिधि सभाबाट पुनः पारित भइसकेको छ। अब राष्ट्रिय सभाबाट पारित गर्न बाँकी छ। त्यसपछि प्रमाणीकरणका लागि विधेयक पुन राष्ट्रपतिकहाँ पठाइनेछ। आज बस्ने राष्ट्रिय सभाको बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९’ पारित गरियोस् भन्ने प्रस्ताव गर्ने सम्भावित कार्यसूची छ। त्यसअघि आजै उक्त विधेयकबारे विधायन व्यवस्थापन समितिको प्रतिवेदबारे छलफल जारी रहनेछ। यस विषयमा सांसदले विचार राख्ने क्रम बिहीबार नसकिएकाले आज पनि छलफल जारी रहने भएको हो।
२०८३ बैशाख ३१
ताजा नेपाल
२०८३ बैशाख ३१
ताजा नेपाल
२०८३ बैशाख ३१
ताजा नेपाल