Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । स्थानीय तहको निर्वाचन नजिकिँदै जाँदा सत्ता गठबन्धनभित्रका दलहरुले आन्तरिक स्थितिलाई मजबुद पार्न एकले अर्कोलाई सघाउने अभियान शुरु गरेका छन् । स्थानीय आवश्यकताअनुसार यस्तो निर्णय गर्ने अधिकार स्थानीय तहलाई नै प्राप्त भएपछि चुनावी माहौलकै बीचमा मेयर, उपमेयर पदका आकांक्षीहरुले एकले अर्काेलाई सघाउनेक्रम शुरु भएको छ । राजधानी काठमाडौंको पश्चिममा रहेको नागार्जुन नगरपालिकामा सत्ता गठबन्धनमा सबै राजनीतिक दलले मेयर, उपमेयर पदका उम्मेदवार खडा गरे पनि मौन अवधि शुरु हुनै लाग्दा नेपाली काँग्रेसले मेयर पदमा मोहन बस्नेतलाई सुरक्षित गराउन उपमेयर पदका उम्मेदवारलाई पछाडि सारेर एकीकृत समाजवादीबाट उपमेयरमा उम्मेदवारी दिएका कृष्णहरि खत्रीलाई सघाउने निर्णय गरेपछि चुनावी माहौल झनै तातेको छ । नागार्जुनको यो निर्णयले आ–आफ्नै ढंगले उम्मेदवारी दिएका सत्ता गठबन्धन अन्तर्गतका अन्य नगरपालिकाका उम्मेदवारहरुलाई पनि दबाव पर्ने अवस्था सिर्जना भएको हो ।
२०८३ जेष्ठ २
ताजा नेपाल
२०८३ जेष्ठ २
ताजा नेपाल
२०८३ जेष्ठ २
ताजा नेपाल