Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

नागार्जुनमा कार बगायो, चालकको मृत्यु

काठमाडौँ । नागार्जुनमा बाढीले कार बगाउँदा चालकको मृत्यु भएको छ। नागार्जुन ६ रामकोटस्थित छमछमे खोलाको कल्भर्टले आज बिहान कार बगाएको हो। कल्भर्टमा आएको बाढीले शुक्रबार राति साढे २ बजे बा प्र ०२७ च ०४९१ नम्बरको निशान कार बगाएर सडकबाट तल झार्दा चालकको मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा कारका चालक नागार्जुन नगरपालिका ६ खरिबोटका पूर्ण दर्नालको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी नवराज अधिकारीले जानकारी दिए। नागार्जुन नगरपालिका ६ सीतापाइला सिभिल होमस्थित छमछमे खोलाको कल्भर्टले कार बगाउँदा दुर्घटना भएको हो, एसपी अधिकारीले भने, दुर्घटनामा कार चालक स्थानीय ४० वर्षका पूर्ण दर्नालको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका दर्नाललाई उपचारका लागि प्रहरीले मनमोहन मेमोरियल अस्पताल पुर्याएको थियो। उपचारकै क्रममा आन बिहान पौने ६ बजे उनको मृत्यु भएको एसपी अधिकारीले बताए। बाढीले बगाएर कल्भर्टको खाडलमा झारेको कारलाई र्‍याकर, क्रेन, प्रहरी र स्थानीयको सडकमा निकालेका छन्।