Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

‘नाङ्गो गाउँ’को प्रचारमा बेपत्ता साम्राज्ञी

नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले अभिनय गरेको फिल्म ‘नाङ्गो गाउँ’ दर्शकमाझ आएको छ । यो फिल्मको प्रचारमा कलाकारहरुले खासै साथ दिएको देखिदैन । नायक दयाहाङ राई र नायिका मिरुना मगरले फिल्मको प्रचारमा केही समय मात्र साथ दिए । तर, फिल्मकी अर्की नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह भने फिल्मका हरेक प्रचारका कार्यक्रमबाट टाढा छिन् । फिल्मको ट्रेलरमा निर्माणपक्षले साम्राज्ञीलाई पनि राम्रो स्थान दिएको छ । फिल्ममा उनको केमियो भूमिका मात्र हो या मुख्य नायिकाको भूमिका हो खुलेको छैन । फिल्मको प्रचारका लागि साम्राज्ञीलाई निर्माणपक्षले मिडियामाझ ल्याउन निकै मिहिनेत पनि गरेको हो । तर, साम्राज्ञीले दुरी बनाइन् । साम्राज्ञी र कर्माको रोमान्टिक अवतार फिल्मको ट्रेलरमा देख्न सकिन्छ । यो फिल्म चलेको खण्डमा शाहलाई पनि फाइदा छ । किनकी, गतबर्ष उनले अभिनय गरेका २ फिल्म बक्स अफिसमा असफल भए । यसपछि, साम्राज्ञीले मिडियाबाट दुरी बनाएकी छिन् । फिल्म रिलिजको समयमा कलाकारले साथ नदिदा निर्माणपक्षलाई समस्या पर्छ । कलाकारले जसरी फिल्मको छायांकनमा समय दिन्छन्, त्यसरी नै प्रचारमा पनि साथ दिन आवश्यक छ । तर, मेकरलाई फिल्मको रिलिजको समयमा कलाकारको साथ नपाएर हैरानी व्यहोर्नु परिरहेको छ ।


सम्बन्धित समाचार

चुनावले जोगायो फौजको इज्जत

२०८२ फाल्गुन २७

ताजा नेपाल

बाबुरामको यहाँ भन्दा पतन हुने ठाउँ छैन

२०८२ फाल्गुन २७

ताजा नेपाल

छुद्रताको प्रतिफल खाँदै ओली

२०८२ फाल्गुन २७

ताजा नेपाल