Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

नाङ्गो गाउँ राजनीतिक चरित्र बोकेको कथा हो , दयाहाङ राई

काठमाडौँ । अभिनेता दयाहाङ राईले फिल्म ‘नाङ्गो गाउँ राजनीतिले उथलपुथलको कथामा निर्माण भएको बताएका छन् । उनले पछिल्लो समय फिल्ममा देखिएको राजनीतिक कथा भन्दा यसको कथा धेरै फरक रहेको राईको दाबी छ ।
‘हरेक राजनीतिक फिल्ममा नेता ठिक भएन भनेर देखाउँछन् । तर हामीले खराब नेता छान्ने जनता कति सही भनेर प्रश्न फिल्ममा गरेका छौँ, दयाहाङले भने ।
‘कबड्डी ३, दिमाग खराब, नाङ्गो गाउँ दयाहाङका राजनीतिक पृष्ठभूमिमा बनेका फिल्म हुन् । तर सबैको कथा र वाचन शैली भने भिन्न रहेको उनी बताउँछन् । कबड्डी ३ काजी र मैयाँको कथा थियो । नाङ्गो गाउँमा गाउँलेको कथा छ । दिमाग खराब पनि बेग्लै कथामा बनेको फिल्म भएको उनले बताए
अहिले गाउँ पातलो हुँदै गएको छ । यसरी गाउँ पातलो हुँदै जानु उनी पुँजीवादको अतिक्रमण मान्छन् । भन्छन्, मलाई पनि गाउँमा बस्ने रहर थियो । विभिन्न कारणले गर्दा यहाँ आए,उनले थपे अहिले त्यहाँ गएर बस्न सक्दिनँ ।

नाङ्गो गाउँ पनि दयाहाङको अभिनेत्री मिरुनासँग रोमान्स छ । कबड्डी ४,बाट सुरु भएको दयाहाङ र मिरुनाको जोडी जारी हुँदै अहिले नाङ्गो गाउँ’सम्म आएको छ । एकपछि अर्को सफल फिल्म दिँदै अगाडि बढेका यी दुईले रंगेली र घरज्वाइँ’मा समेत सँगै काम गर्दैछन् । मिरुनासँगको एकपछि अर्को फिल्मको सहकार्य संयोग मात्र भएको उनी बताउँछन् ।

नाङ्गो गाउँ अगामी २९ भदौबाट देशभर सार्वजनिक प्रदर्शनमा आउदैछ । फिल्ममा दयाहाङको अलावा मिरुना मगर, शिशिर वाङ्देल, कर्मा, साम्राज्ञी राज्यलक्ष्मी शाह, बुद्धि तामाङ, रवीन्द्र झा, विशाल पहारी, राज थापा, कमलमणि नेपाल, अङ्कित खड्का, पुष्कर गुरुङ लगायतका कलाकारको फिल्ममा अभिनय छ ।

लेखन समेत निर्देशक दीपेन्द्रको रहेको फिल्म हिमाल शर्माको प्रस्तुतिमा जय श्रेष्ठले निर्माण गरेका हुन् । फिल्मको कार्यकारी निर्माता रामहरि श्रेष्ठ रहेका छन् ।


सम्बन्धित समाचार