Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले एकै समय पारेर नाङ्लो बेकरी प्रालि र खजुरी नेपाल प्रालिका उत्पादनमा देखिएको कैफियतमाथि एकै पटक प्रहार गरेको छ । गुणनियन्त्रण विभागको टोलीले ती दुवै कम्पनीका उत्पादनलाई बजार अनुगमनमा कैफियत भेटेकै समयमा बजारमा बिक्री गर्न रोकेको हो । विभागले बोलकबोलमा कुरा नमिल्दा औद्योगिक घरानासँग निहुँ खोज्नु गर्छ । विभागसँग घुम्ती एम्बुलेन्स पनि छ । वर्षौसम्म थन्किएर बसेका एम्बुलेन्सले जन विश्वास जित्ने अवस्था छैन ।
खजुरी नेपालद्वारा उत्पादित पफको गुणस्तर खस्केको आज होइन । बजारमा वितरण भएको पफ एक पसलबाट अर्को पसलमा सार्ने प्रवृत्ति पाउरोटी कम्पनीहरूको जस्तो छ पफ कम्पनीहरूको त्यही हो । पाउरोटी कम्पनीले बासी उठाएर केक बनाउने गर्दछ । त्यही केक बजारमा वितरण गरेर कमाउँदासम्म पत्ता नपाउने गुण नियन्त्रण विभाग आज काम देखाउन थालेको छ । सरकारले खाद्य प्रविधि विभाग र उपभोक्ता हित संरक्षण विभागलाई सँगै अनुगमन गर्न पठाउँदैन । पाल्पाली व्यवसायीद्वारा सञ्चालित नाङ्लोका आफ्ना उत्पादन बिक्री कक्ष धेरै छन् । अहिले विवादमा आउनुको कारण क्रोइसन्टमा अखाद्य ट्रान्सफ्याट मापदण्ड भन्दा बढी रहेको भेटियो । ललितपुरको गोदावरीमा नाङ्लोको कारखाना छ । उपभोक्ता मिति छोटो हुने बेकरी उत्पादनमा हुने लापरबाही विगतमा सत्ता र शक्तिको आडमा बजारमा पुग्थे । त्यो बेला खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमनटोली अनदेखा गथ्र्यो । मानव स्वास्थ्यमा असर गर्ने कुखाद्यका रुपमा लिइने चाउचाउलाई गुणस्तर नापचाँच गर्ने हो भने खान उपयुक्त छैनन् । बजारमा बाइवाइ, करेन्ट, मायोज जस्ता चाउचाउ गुणस्तरहिन छन् भन्ने कुरा सरकारलाई थाहा हुँदैन । किनकि ती चाउचाउका मालिकहरू राज्यसत्तामा जुनसुकै पार्टी आए पनि शक्तिशाली छन् ।
विश्वमा प्रतिबन्ध लगाइएको हाइड्रोजेटेड तेल प्रयोग गर्न दिने गुणस्तर विभागले कु खाद्य उत्पादन गर्ने र बेच्नेमाथि कारबाही गरेको छैन । जब मानव स्वास्थ्यमै असर गनेै तेल नेपाल भित्रिन्छ भने त्यसले जनताको स्वास्थ्यमा पु¥याउृने असरको परिक्षण गर्ने राज्य नै गैर जिम्मेवार चरित्रका मान्छेले चलाउँदा अपराध बढ्छ । आज देखिएको क्रोइसन्टको गुणस्तरहितनताको हिजोको छाडा पन हो । ठूला ब्राण्डका कम्पनीका मालिकले राज्यका भ्रष्ट र शासकसँग सम्बन्ध जोड्छन् भन्ने कुरा नाङ्लो बेकरी र खजुरी उदाहरण हुन् । ट्रान्स फ्याटसम्बन्धी मापदण्ड हटाउन विश्व स्वास्थ्य संगठनले २०१८ मै आग्रह गरेको हो । २०२३ सम्म यसको कार्यान्वयन लागू गरिए पनि नेपालमा प्रभाव परेको छैन । वर्षमा ५ लाख मानिसको मृत्यु यस्तै कुखाद्यको प्रयोगले भएको छ । बढी कमाउने उद्देश्यले उद्योगहरूबाट मधुमेह, मुटुरोगीलाई पर्नै नहुने ट्रान्सफ्याट फास्टफुड, केक, बेकरीहरूमा प्रयोग गरिन्छ । शरीरमा कोलोष्ट्रोल बढाउने काम त्यस्तै खाद्यले गर्दछ । जुन वस्तुले मोटोपन बढाउँछ । मानव स्वास्थ्यमा हानिकार वस्तु प्रयोग गर्ने नाङलो बेकरी र खजुरीमाथि कर्मचारीको लेनादेनाले कडा कारबाही हुने कुरा विश्वास गर्न सकिँदैन । काँग्रेस, एमालेको सरकारका प्रधानमन्त्री केपी ओली त गुणस्तरहिन वस्तुको कारोबार गर्नेहरूको संरक्षक नै थिए । बिजुलीको पैसा नतिर्नेहरूलाई संरक्षण गर्दा ओलीले एक वर्षमा उपभोक्ता विभागका ६ जना महानिर्देशक फेरेर जनताको जीवनमा खेलवाड गरेका थिए ।
ओली सरकारको बहिर्गमनपछि जागेको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले खजुरी ब्राण्डमा पाएको पैसामा जाँच्छ कि अपराध अनुसार कारबाही गर्छ अब प्रतिक्षा गर्नु पर्छ । जबकि खजुरी नेपाल आफ्ना उत्पादनको गुणस्तर भएको दाबी गर्दैछ । बजारमा गुणस्तरहिन अखाद्य बिक्री गर्ने कम्पनीको उत्पादन बन्द गर्ने दायित्व गुणस्तर मापन गर्ने निकायको हो । तर सरकार र राजनीतिक दलहरू जनताप्रति जिम्मेवार नभएपछि नाङ्लो बेकरी र खजुरी नेपालले जनस्वास्थ्यमाथि खेलवाड गर्न पाउँछन् । अहिले यी दुवै कम्पनीहरू खाद्य तथा गुण नियन्त्रण विभागको निगरानीमा परेका हुन् ।
बजारमा वितरण भएको पेय पदार्थ फ्रुटी, म्याङ्गो जुस जस्ता शरीरलाई कहीं कतै फाइदा नगर्ने अखाद्य पेय पदार्थको बट्टामै किरा फेला पर्नु नौलो थिएन । कोक तथा फ्यान्टा को बन्द बोटलमा झिँगा, लामखुट्टे फेला पर्दा डिलरहरूले अर्को कम्पनीले शत्रुता साँधेको बताएर उपभोक्तालाई हातपात गर्ने गरेका उदाहरण धेरै छन् । जनतासँग जोडिएको प्रहरी र स्थानीय प्रशासन गुणस्तरहिन वस्तु उत्पादक कम्पनीका मालिकको सहयोगी बन्ने प्रवृत्ति पनि छ । कतै अहिले नाङ्लो बेकरी र खजुरी नेपालको पैसामा गुणस्तरको परिक्षण टोली नबिकोस् ।
२०८२ फाल्गुन २३
ताजा नेपाल
२०८२ फाल्गुन २३
ताजा नेपाल
२०८२ फाल्गुन २३
ताजा नेपाल