Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

नातावादी जुइनोले ओली र प्रचण्ड जेलिने

काठमाडौं । आफ्नै निर्वाचन क्षेत्रलाई बढी महत्व दिने नेतृत्वले राजनीतिक नियुक्ति गर्दा पनि देशलाई भन्दा चुनाव क्षेत्र र टाढा भनेको गृहजिल्लालाई हेर्छ भन्ने प्रमाण प्रधानमन्त्री केपी ओली हुन् । काँग्रेसका स्व. गिरिजा कोइरालाले चलाएको यो अभियानले स्व. गणेशमान र कृष्णप्रसादलाई पार्टी छोड्नु पर्ने वातावरण बनायो । प्रम ओलीले आफूसँगै जेल परेका मोहनचन्द्र अधिकारी बिर्से । उनले माधव नेपालले आफूलाई थुनाएको बताउँदै आएका छन् । हुनसक्छ माधवले स्वास्थ्य लाभको कामना गर्दा नलिनुको कारण त्यही तुष हो । अहिले प्रम ओली देशकै साझा सम्पत्ति हुन् । काँग्रेसमा त्यो ताक गिरिजाले ७५ जना आफ्नै कोइरालाहरूलाई राजनीतिक नियुक्ति गरेका थिए । ओलीको वंशबाट राजनीतिक नियुक्ति पाउने छैनन् । तर नगरपालिका र जिल्लाबाट नियुक्ति दिलाइएका छन् । तीमध्ये केही भ्रष्ट र लुटाहा हुन् । एमालेभित्र कुनै साइनो नभएका डा. युवराज खतिवडा प्रम ओलीकै कृपाले राष्ट्रिय योजना आयोग, नेपाल राष्ट्र बैंक हुँदै अर्थमन्त्री बनाइए । अन्तर्राष्ट्रिय जासुस अग्नि खरेल, महान्यायाधिवक्ता बनाइए । यही गिरोहका हुन् सुनसरीका सुशील प्याकुरेल, सुबोध प्याकुरेल र काठमाडौंका डा. कुन्दन अर्याल । उपसभामुख डा. शिवमाया तुम्बाहाम्फे झापाली चेली हुन् । मोरङ उनको कर्मथलो हो । काँग्रेसकै कोटा भए पनि कुमार रेग्मी सर्वोच्चको न्यायाधिश भए । उनी झापाकै हुन् । युवराज कार्की, दीपक कार्कीलाई राजनीतिक नियुक्ति दिइँदैछ । हिक्मत कार्की प्रदेश १ को मन्त्री हुन् ।
नविन घिमिरे अख्तियार प्रमुख बनाइए उनी झापाकै हुन् । मदन खरेल, विष्णु प्रसाई, डा. धर्मकान्त बास्कोटा, गोपाल खनाल, भेषराज अधिकारी, गोविन्द थापा, इन्द्र भण्डारी, देवेन्द्र दाहाल, दीपेन्द्र हमाल होम थापा पनि झापाकै हुन् । प्रम ओलीले च्याप्नेहरू ससुराली खलक बाहेक टाढाको मान्छे भनेकै गुटमा केन्द्रीत हो । प्रदेश १ का मुख्यमन्त्री शेरधन राई, ३ का डोरमणि पौडेल, ४ का पृथ्वी सुब्बा गुरुङ, ५ का शंकर पोखरेल छँदैछन् । त्यसो त गोकुल बास्कोटा, ईश्वर पोखरेल, भानुभक्त ढकाल अहिलेका प्रतिस्पर्धी ओलीको शेखपछिका उत्तराधिकारी बन्ने प्रयत्नमा छन । पार्टी एकता भए पनि प्रचण्डलाई अध्यक्ष अस्वीकार गर्न भ्रष्टाचारका कलंक ईश्वर पोखरेललाई तत्कालिन एमालेमै स्वार्थका चमेरा भनिन्थ्यो । विघठित माओवादीका प्रचण्ड पनि परिवारवादका नायक हुन् । उनका छोरी, ज्वाइँ, भतिजा, बुहारी कोही पनि बेरोजगार छैनन् । कम्युनिष्ट पार्टीलाई जनताको पार्टी भनाउन खोज्ने तर राज्यस्रोत दोहन गर्दा परिवार, गुट र नाता भन्दा पर नजाने ओली र प्रचण्डको यो चालले मुलुकमा नेकपाकै अस्तित्व यही रूपमा रहन्छ कि रहँदैन अब शंका गर्नु पर्ने भएको छ ।
देश हाँक्ने, नेता जब नातावादको जुइनो र गुटवादको सुर्केनोमा बिताउँछ त्यसबेला सिंगो पार्टी खत्तम हुन्छ । अबका दिनमा नेकपाको स्थिति २०७४ सालको निर्वाचनमा देखिएको जनलहर जस्तो कदापी हुने छैन । त्यही कारण नीतिगत भ्रष्टाचार वर्तमान सरकारको प्रमुख धेय हो ।
नेताको अपमान गर्ने आउट
सत्ता एमालेको एक वर्ष ९ महिना पुग्दा समेत जनतालाई ढाँट्ने र आफू कमाउन सफल प्रधानमन्त्री केपी ओलीको टिमबाट घुस्याहा विद्वानहरूले दिएको राजीनामा मंसिर लागेपछि स्वीकृत गरिने बालुवाटार सूत्रले बताएको छ । ओलीका उत्तराधिकारी ईश्वर पोखरेल सेनाले बनाएको फास्टट्य्राकभित्रको भ्रष्टाचारबाट तर्कन सक्ने हुन् कि होइनन् । तर उठाउन भने छाडेका छैनन् । पार्टी एकता विरोधी पोखरेल स्कुल विभाग प्रमुख पनि छन् । इटालियन ठेकेदारलाई मेलम्चीबाट हटाउने घनश्याम भट्टराईका कारण करोडौं खर्च गर्ने मेलम्ची विकास समितिमा तिरेश खत्री ल्याइएको छ । खत्री केयुकेएलको प्रोजेक्ट पिआईडीमा बसेर भष्मासुर बनेका खञ्चुवा हुन् । घनश्याम भट्टराई जस्ता भष्मासुरेबाट आधा पैसा माग्न लगाउँदा मेलम्चीबाट इटालियन ठेकेदार गयो । अहिले मेलम्चीको काम हुँदैछ । चिनियाँ कम्पनीले आफ्नो काम थालेको छ । मन्त्रिपरिषद्का असक्षम र भ्रष्टहरू यथावत राखेर प्रम ओलीले समृद्धि र विकासको गित गाइरहेका छन् । विष्णु रिमाल, अच्युत मैनाली, घनश्याम भट्टराई, कुन्दन अर्याल असगर अलिको टिम खेदिएको छ । यही टिमले ओलीलाई
गणेश मानेर अरु नेताहरूको अपमान गरेको नेकपा वृत्तमा चर्चा छ ।