Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

नानक मठको जग्गा व्यक्तिको नाममा

काठमाण्डौ । संसारभरीका शिख समुदायको धार्मिक स्थलको रुपमा नयाँ बजार स्थिति विष्णुमतिको किनारमा रहेको गुरु नानक मठले चर्चेको जग्गामा मठका महन्त र गुठी संस्थानका हाकिमको मिलेमतोमा दोलखाबाट काठमाण्डौ आएर फलामे फर्निचर अद्योग चलाएका हेमराज श्रेष्ठलाई उद्योग संचालन गर्न भन्दै दिने निर्णय गरेको स्थानीयले थाहा पाए पछि विरोध गरेका छन् । केही पहिले पूरा तत्व विभागले सम्पदाको जग्गा जमिन हिमभिना हुने गरी संरचना बनाउने क्षति पुर्याए कारबाही हुने भनेर राखेको बार्ड हटाइयो । बडा नं १६ का अध्यक्ष मुकुन्द रिमालले सम्पदा क्षति हुने गरि संरचना नबनाउन श्रेष्ठलाई बडामै बोलाएर पठाएको गुठो र महन्तलाई चिठ्ठी लेख्दा श्रेष्ठले दिउसो हैन मध्यरातमा मठले ओगटेको जग्गाको रुख काटेर जग्गा सभ्याएर पानी निकाल्न बोरिङ्ग गरेका छन् ।

२ हजार वर्ष पहिला शिख समुदायका गुरु नानक तिब्वत जाने क्रममा काठमाण्डौ आउदा विश्राम लिएको ठाँउ धार्मिक ग्रन्थले देखाउदा वैशाख १ गते राजधानीमा रहेको शिख समुदायका अधिकांशले मठमा भेला भएर धर्मग्रन्थ पाठ गर्ने गरेको स्थानियहरु बताउछन् । भण्डार लगाउछन् एक वर्ष पहिलेसम्म भारतबाट शिख समुदायहरु वर्षको १ पटक त्यहाँ आउथे । काठमाण्डौमा रहेका दोलखालीका अनुसार श्रेष्ठले देख्दा सरल तर व्यवहार कपटी भएर आर्थिक मामीलामा लोभीलाई रकम खुवाएका छन् । यस्तो अपराध गर्दा राज्यले चासो दिदैन । श्रेष्ठले हिसीला थामी मौतिक मन्त्री हुँदा पनि उनले फाइदा लिएका थिए । आफ्ना निम्ति जुनसुकै अवस्थामा पनि व्यक्तिहरुलाई परिचलन गर्न सक्ने श्रेष्ठको बल मिच्याइ विरुद्ध मैपिबासीहरु आक्रोशीत बनेका छन् ।