Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

नारायणकाजीलाई हराउने बाबुरामले अब प्रचण्डलाई नछाड्ने

काठमाडौं । माओवादीबाट बाहिरिएका नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड निर्वाचित भएको गोरखा क्षेत्र नम्बर २ मा आगामी निर्वाचनमा आफैं मैदानमा उत्रिने घोषणा गरेका छन् । बाबुरामले गोरखा छाडेर प्रचण्डलाई चुनाव जिताएका थिए । नेसपा अध्यक्ष बाबुराम भट्टराई केही अघि लामो अवधि गोरखा यात्रामा थिए । त्यस क्रममा आफू यसअघिको चुनावमा विजयी भएको निर्वाचन क्षेत्र गोरखा २ का मतदाताहरुसँग वृहत् छलफल भएको थियो । सो क्रममा आगामी निर्वाचनमा उम्मेदवार नबन्ने निर्णयमाथि पुनर्विचार गर्न आएको सुझावलाई उहाँले स्वीकार गर्दै बाबुरामले यस्तो घोषणा गरेका हुन् । २०८४ को निर्वाचनमा गोरखा २ मा उम्मेदवार बन्ने भएका छन् । तर प्रचण्डको अस्थिर राजनीतिको आलोचना गर्दै आएका भट्टराईले निर्वाचन आयोग र संसद सचिवालयलाई पत्र लेखेर आफ्ना २ सांसदलाई नेसपाकै मान्यता दिन आग्रह गरेका थिए । उनको आग्रहलाई निर्वाचन आयोगले अस्वीकार गरेपछिको अक्रोश उनले अध्यक्ष प्रचण्डमाथि पोखेका हुन् ।