Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

नारायणकाजीले भने, सरकारको आयु कांग्रेसलाई सोध्नुस्

सप्तरी । गृहमन्त्री नारायणकाजी श्रेष्ठले वर्तमान गठबन्धन र सरकारको आयु नेपाली कांग्रेसको हातमा रहेको टिप्पणी गरेका छन्। सप्तरीको खडक नगरपालिकास्थित बिसनपुर पुगेका गृहमन्त्री श्रेष्ठले यस्तो बताएका हुन् । श्रेष्ठले भने,’वर्तमान गठबन्धन र सरकारको आयु कांग्रेसलाई सोध्नुस्।’ प्रमुख प्रतिपक्षी दलले मन्त्रीहरूको राजीनामा माग गरिरहेको प्रश्नमा गृहमन्त्री श्रेष्ठले राजीनामा माग्ने विपक्षीको धर्म भएको बताए । उनले औचित्यपूर्ण ढंगबाट राजीनामा मागे राम्रो हुने सुझाव दिए। सामन्तवादको निकृष्ट अवशेष मिटर ब्याज समस्या रहेको बताउँदै गृहमन्त्री श्रेष्ठले सरकार मिटरब्याजपीडितको समस्या समाधान गर्न गम्भीरतापूर्वक सरकार लागिरहेको बताए ।


सम्बन्धित समाचार