Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौँ । प्रधानमन्त्री केपी ओली चार दिने भ्रमणमा चीन रहेका बेला प्रमुख प्रतिपक्षी दलका प्रभावशाली नेता चीनतिर उडेका छन् । नेकपा माओवादीका केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ चीन उडेका हुन् । नेपाल–चीनबिच बीआरआईमा सम्झौता भएपछि उपाध्यक्ष श्रेष्ठ अचानक चीन उडेका हुन् । स्रोतका अनुसार उनी तत्कालै चीन जाने कुनै कार्यक्रम थिएन । उनी चीनका लागि उडिसकेपछि बाहिर जानकारीमा आएको बताइएको छ । चीनको संघाइमा हुने भनिएको एउटा गोष्ठीमा भाग लिन उनी त्यता गएको भनिएको छ । उपाध्यक्ष श्रेष्ठ यसअघि परराष्ट्रमन्त्री भएको बेला बीआरआई कार्यान्वयनका लागि निकै प्रयास गरेका थिए । उनले चीनमै बसेर बीआरआईबारे छलफल गरी टुंगो लगाएका थिए । गत असारमा बीआरआई सम्झौतामा हस्ताक्षर गर्ने अन्तिम तयारी थियो । हस्ताक्षर गर्नका लागि चीनका विदेश मन्त्रालयका सचिव पनि नेपाल आइ पुगेका थिए । तर अन्तिम समयमा हस्ताक्षर हुन सकेन । त्यतिबेला तत्कालीन परराष्ट्रमन्त्री श्रेष्ठ इरानमा थिए । श्रेष्ठ त्यो दिन मुलुक बाहिर नभएको भए त्यही दिन बीआरआई कार्यान्वयनमा हस्ताक्षर हुन्थ्यो । नेकपा एसका वरिष्ठ नेता झलनाथ खनाल र जनमत पार्टीका अध्यक्ष डा।सिके राउत पनि चीन भ्रमणमा छन् ।
२०८१ मंसिर १९
ताजा नेपाल
२०८१ मंसिर १९
ताजा नेपाल
२०८१ मंसिर १९
ताजा नेपाल