Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
गीत–संगीतलाई मनैदेखि मायागर्ने गायक नारायण थापाको मर्मस्पर्शी गीत ‘दिलमा आगो’ सार्वजनिक भएको छ । सार्वजनिक गीतको भिडियोमा त्रिकोणात्मक प्रेम दर्शाईएको छ । गायक थापाद्वारा सार्वजनिक गीतले युट्युबमा छोटो अवधिमा नै निकै लोकप्रियता हासिल गरिरहेको छ । निकै नै मार्मिक शब्द र संगीत रहेको गीतको भिडियोमा लोक मिश्र, सुस्मिता अधिकारी र अनुज शर्माको अभिनय रहेको छ । भिडियोको निर्देशन सुवास प्रधानले गरेका हुन् भने छाँयाकन प्रेम लामा तथा इडिट टेकेन्द्र शाहले गरेका हुन् । नारायण थापाद्वारा संगीत र स्वरबद्ध ‘दिलमा आगो’ बोलको गीतमा बीबी रिजालको शब्द, सहास शाक्यको एरेन्ज र महेश्वरमान राजभण्डारीको मिक्सिङ्ग रहेको छ ।
२०८१ मंसिर ४
ताजा नेपाल
२०८१ मंसिर २
ताजा नेपाल
२०८१ कार्तिक २९
ताजा नेपाल