Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको नारायणगढ–बुटवल खण्ड विस्तारमा ढिलाइ भएको भन्दै ध्यानाकर्षण गराउन राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले दबाब यात्रा सुरु गरेको छ। पार्टी सभापति रवि लामिछानेको नेतृत्वमा आज नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोटस्थित भृकुटीचोकबाट दबाबमूलक पदयात्राको सुरुवात गरिएको हो। दबाब यात्रा सुरु हुनुअगाडि आयोजित पत्रकार सम्मेलनमा सभापति लामिछानेले निर्धारित समयमा सडक विस्तार नहुँदा स्थानीयलाई समस्या परेको भन्दै सडक चाँडो निर्माण गराउन दबाब दिन यात्रा सुरु गरिएको बताए। बन्द कोठाभित्र बसेर नीति निर्माण गर्नु र फिल्डमा आएर स्थानीयले भोगेको समस्या एकछिन मात्रै भोग्दा पनि उनीहरुको पीडाको बारेमा बोध हुने उनले बताए। दुई पटक म्याद थप गर्दासमेत समयमा सडक विस्तार नसकिने देखिएपछि यसलाई अझ बढी सार्वजनिक चासोमा ल्याउन र यसको महत्व बुझाउन जरुरी रहेको उनले बताए। समयमै विकास आयोजनाका काम सम्पन्न गराउनका लागि दबाब सृजना गरिएका विभिन्न कार्यक्रममध्येको एउटा कार्यक्रमका रुपमा दबाब यात्रालाई लिएको उनले बताए। उनले पैदल यात्रा गरेर तीन दिनमा बुटवल पुग्ने तयारीमा रहेको भन्दै आफ्नो यात्रामा कुनै पनि स्वागत सत्कार नगर्न आग्रह गरे। जनताको भोगाइ थाहा पाउन र चाँडो सडक विस्तारको काम सम्पन्न गर्नका लागि मात्रै यात्रामा निस्किएको उनले बताए।
२०८१ मंसिर ११
ताजा नेपाल
२०८१ मंसिर ११
ताजा नेपाल
२०८१ मंसिर ११
ताजा नेपाल