Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

नारायणगढ–मुग्लिन खण्डमा बस र माइक्रोमाथि ढुंगा खस्यो

काठमाडौं । नारायणगढ मुग्लिन सडक खण्डमा गुडिरहेका एउटा बस र एउटा माइक्रोबसमाथि ढुंगा खसेको छ। चितवनको इच्छाकामना गाउँपालिका–६ टोपेखोलामा शनिबार राति भिरबाट खसेको ढुंगाले लाग्दा पाँचजना यात्रु घाइते भएका जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी भेषराज रिजालले जानकारी दिए। घाइतेमध्ये तीन जनालाई बढी चोट लागेको छ, डीएसपी रिजालले भने, तर, उहाँहरु पनि खतरामुक्त हुनुहुन्छ। दुईजना भने सामान्य मात्रै घाइते छन्। घाइते सबैको भरतपुरमा उपचार भइरहेको छ। गएराति साढे आठ बजेतिर काठमाडौँबाट दसैँका यात्रु लिएर बर्दियातर्फ जाँदै गरेको ना ७ ख २७४५ नम्बरको बस र काठमाडौँबाट नारायणगढ जाँदै जाँदै गरेको बागमती प्रदेश ०६–००१ ज ०२३६ नम्बरको माइक्रोबसमाथि ढुंगा खसेको हो। घाइते हुने सबै यात्रु बर्दिया जाँदै गरेको बसमा सवार थिए। ढुंगाले लाग्दा दुवै सवारी साधनमा क्षति पुगेको रिजालले जानकारी दिए। माइक्रो बसमा भने चालक मात्रै भएकाले कोही घाइते भएनन्।


सम्बन्धित समाचार

आजदेखि राउत नयाँ प्रधानन्यायाधीश

२०८१ आश्विन २०

ताजा नेपाल

अध्यक्ष ढकाल सम्मानित

२०८१ आश्विन २०

ताजा नेपाल