Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं। नेपाल धितोपत्र बोर्डले नारायणी डेभलपमेन्ट बैंक लिमिटेडलाई हकप्रद सेयर निष्कासनको स्वीकृति दिएको छ। बैंकले पुस १९ गते बोर्डबाट हकप्रद निष्कासनका लागि स्वीकृति पाएको हो।
योसँगै बैंकले छिट्टै २६ लाख २४ हजार ६७६ कित्ता हकप्रद सेयर निष्कासन गर्ने छ। बैंकले १ र १ अनुपातमा हकप्रद सेयर निष्कासनको स्वीकृति पाएको हो।
प्रति कित्ता १०० रुपैयाँका दरले सो हकप्रद सेयरको निष्कासन तथा बिक्री गरिने छ। बैंकको हकप्रद सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ।
हकप्रद निष्कासनका लागि बैंकले २०७९ भदौ ९ गते बोर्डमा निवेदन दिएको थियो।
२०८१ मंसिर ६
ताजा नेपाल
२०८१ मंसिर ५
ताजा नेपाल
२०८१ मंसिर ४
ताजा नेपाल