Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौँ । विद्रोही लडाकु समूह तालिबानले अफगास्तानको राजधानी काबुल कब्जा गरिसकेको बेला नेपाल वायुसेवा निगमको चार्टर विमान भदौ १० गते बिहान त्यसतर्फ जाने पक्कापक्की भएको छ । निगमका एक निर्देशकका अनुसार त्यहाँका विभिन्न कम्पनीका काम सकिएर घर फर्किन खोजिरहेका करिब ७० नेपालीलाई अफगानिस्तानबाट काठमाडौं ल्याउन र लकडाउनअघि बिदामा नेपाल आएर नियमित उडान नभएका कारण जागिरमा फर्किन नसकिरहेका ७० जना जतिलाई काठमाडौंबाट काबुल पुर्याउन निगमको विमान त्यहाँ जान लागेको हो । यो चार्टर उडान हो । निगमले यो चार्टर उडानबारे आन्तरिक तयारी लगभग सकिसकेको जनाएको छ । यो चार्टर गर्ने एजेन्ट एयर चार्टर सर्भिस प्रालि हो । यो चार्टर उडानमा निगमले आफूसँग भएको न्यरोबडी एयरबस ३२० पठाउँदै छ । काठमाडौं–काबुल उडान एकतर्फी तीन घन्टा हाराहारीको हुन्छ । नेपालले भारत र पाकिस्तानको हवाई रुट प्रयोग गर्नुपर्ने भएकाले यी दुई मुलुकसँग ओभरफ्लाई अनुमति लिनुपर्छ ।
२०८२ चैत्र ६
ताजा नेपाल
२०८२ चैत्र ६
ताजा नेपाल
२०८२ चैत्र ५
ताजा नेपाल