Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । निमग सुधारका नाममा आङ्खना जिल्लावासी मदन खरेललाई निगमको तालाचाबी सुम्पिएका प्रधानमन्त्री केपी शर्मा ओलीले यथास्थितिमा नेपाल वायुसेवा निगमलाई एक पैसा पनि दिन नसकिने बताएका छन् । साथै उनले पैसा कमाउने ठोस योजना ल्याउन निगम नेतृत्वलाई आग्रह गरेका छन् । वायुसेवा निगमले कर्मचारी सञ्चय कोष लगायतसँग लिएको ऋणको किस्ता तिर्न सकेको छैन । त्यसैले उसले सरकारसँग पैसा माग गर्दै आएको छ । निगमको वार्षिक उत्सवका अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले भने, ‘साग बेच्नेले त कर तिर्न सक्छ भने वायुसेवा निगमले किन सक्दैन ?’ सरकारले ऋण तिरिदिने हो भने निगम अर्को वर्ष पनि रकम माग गर्न आउने भन्दै उनले यथास्थितिमा पैसा नदिने प्रष्ट पारे ।
२०८१ मंसिर ८
ताजा नेपाल
२०८१ मंसिर ८
ताजा नेपाल
२०८१ मंसिर ८
ताजा नेपाल