Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

निगम डुबाउनेमाथि चल्यो मुद्दा

काठमाडौं । हुकुमी शासनका नायक एमाले अध्यक्ष केपी शर्मा ओलीले संसदको सार्वजनिक लेखा समितिको छानविनलाई बाइपास गरेको वायुसेवा निगमको वाइडवडी छानविन प्रकरणमा अख्तियारले रु १ अर्ब ४७ करोड १० लाख ८७ हजार भ्रष्टाचार भएको ठहर गरी तत्कालिन पर्यटनमन्त्री जीवन शाही महाप्रबन्धक सुगत रत्न कंशाकार समेत ३२ जना विरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ । त्यो मुद्दामा निगमका वहालवाला ८ जना अधिकृतहरू पनि तानिएका छन् । निगमको खरिदमा राजनीतिक दलका नेता, मन्त्रालयका सचिव शंकर शर्मा समेत यसमा जोडिएका हुन् । यसको पछिल्ल्लो भुक्तानी नेकपा एमालेको सरकारका पर्यटनमन्त्री समेत विवादमा परेका कारण तत्कालिन सरकारका प्रधानमन्त्री केपी शर्माले भ्रष्टाचार भएकै छैन भनेका थिए । देशको राष्ट्रिय ध्वजाबाहक कम्पनी सुधार्नु भन्दा कोपर्ने काम धेरै भए । माओवादीका निवर्तमान मन्त्री सुदन किराँतीले निगम सुधार्न निकै चम्किएका थिए । किराँतीले निमगकै खर्चमा साना जहाज खरिद गर्ने तयारी गर्दा गर्दै मन्त्री पदबाट हटाइएका हुन् । पर्यटनमा हितबहादुर तामाङ मन्त्रीमा आएका छन् । उनले सुधार्नुपर्ने वायसेवा निगमभित्रकै व्यवस्थापन हो । निगममा युवराज अधिकारी कार्यकारी अध्यक्ष छन् । निगमकै लेखा समूहबाट अवकाश पाएका युवराज प्रेम आलेले नियुक्त गरेका हुन् । पछिल्लो पटक अधिकारी र मन्त्रीको मोतो मिल्दा नयाँ जहाज थप्ने र पहाडी जिल्लामा उडान थप्ने हल्ला चलाइयो । तर कर्मचारी सञ्चयकोष र नागरिक लगानी कोषको बाँकी ऋण तिरिएको छैन । पर्यटन, संस्कृति मन्त्रालय अन्तर्गतको नागरिक उड्डयन प्राधिकरण सरकारको ध्वजाबाहक कम्पनी वायुसेवा निगमलाई सघाउँदैन । निजी क्षेत्रको यति एयरको पक्ष लिने हिमालय एयरलाई विदेशी उडानको रुट मिलाउने काम प्राधिकरणले गर्छ । केपी ओली प्रम भएका बेला वायुसेवा निगमका विमान भन्दा हिमालयन एयरले ठाउँ पायो । ओलीको चीन र भारत भ्रमणमा ओलीले हिमालय एयरलाई प्रयोग गरे । निगमको आम्दानी हुने कार्गो चार्टर पनि निगमलाई नदिएर हिमालयनलाई दिलाएका थिए । जुन विमानलाई चिनियाँ पक्षले उडान स्वीकृति दिएको थिएन । तर नेपालको प्रमले प्रयोग गरेको विमान चीनले जबर्जस्त स्वीकार्न प¥यो । केपी ओलीको दम्ब र अहंकारले धेरै विषय ओझेलमा पर्छन् । यिनै ओलीले यति एयरलाई बढावा दिँदै थामसेर्कु कम्पनीको हितमा नेपाल ट्रष्टको सम्पत्ति कौडीको मूल्यमा दिलाउन ट्रष्टको तत्कालिन अध्यक्षमा ईश्वर पोखेललाई बनाएर लुटेकै हुन् । ओलीलाई चित्त बुझ्यो भने देशको सम्पत्ति माफियाले हात पार्छन् भन्ने कुरा पशुपतिनाथको धर्मशालालाई तीर्थयात्री बस्न नदिएर बतास समहुलाई पाँत चारे होटल चलाउन दिएकै थिए । त्यही धर्मशालामा बसेर काँग्रेसले १४औं महाधिवेशनको सदस्यता छानविन गरेको थियो । तर काँग्रेस आफैं धन्दावाल पार्टी भएकाले भ्रष्टाचार र बेथितिमा बोल्दैन । एमालेको तर्फबाट पर्यटनमन्त्री बनेका भीम रावल, यमलाल कँडेल विवादमा परेका थिए । स्व. रविन्द्र अधिकारीले वाइडवडीको अन्तिम भुक्तानी दिएका थिए । अधिकारीको निधनपछि पर्यटनमन्त्री बनेका भानुभक्त ढकाल, योगेश भट्टठराईले पनि निगमको सुधारमा ध्यान दिएनन । उनीहरू नागरिक उड्डयन प्राधिकरणका भष्मासुर महानिर्देशक प्रदीप अधिकारीको खान्कीमा रमाए । जसको काम राज्यको ढुकुटी सक्ने बाहेक संस्थागत सुधार छैन । पर्यटनमन्त्री हितबहादुर तामाङले भ्रष्टाचार र कमिशनले ग्रस्त संरचनामाथि प्रहार गर्न कसरी जुट्छन् प्रतिक्षा गर्नुपर्छ । तामाङले किराँतीले तयार गरेको होहल्लाको बाटो कसरी लिन्छन् त्यो भने कुर्नैपर्छ । किनकि सरकारले जनमुखी काम गरेको छैन ।