Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

निगम डुबाएर खरेल हिँडे

काठमाडौं । देशको राष्ट्रिय ध्वजाबहाक कम्पनीको सुधार भन्दा अस्तव्यस्त बनाउनकै लागि प्रधानमन्त्री केपी ओलीले १९ महिना अघि कार्यकारी अध्यक्षको अधिकार दिलाएर वाइडवडी खरिद प्रकरणको कमिशन दबाउन वायुसेवा निगममा भिœयाएका मदन खरेलले आङ्खनो उद्देश्य पूरा गरेर पद त्याग गरेका छन् । खरेल वाइडवडी जहाजको बजार खोज्नु सट्टा कमिशनलाई जोड दिए । उनले पद नत्यागेको भए माघ ६ गते सोमबार वायुसेवा निगमका पाइलटहरूले सामूहिक राजीनामा दिने तयारी गरिरहेका थिए । चिनियाँ सरकार र नेपाल सरकारबीच जीटुजी सिस्टमअन्तर्गत भित्यइएका ५ वटा जहाज सञ्चालनमा ध्यान दिएनन् । वायु सेवा निगमका जहाजका पाटपूर्जा चोरेर निगमकै जहाज भाडामा लिएर डलर कमाउने तर भाडा नतिर्ने यति एयरको भगिनी संस्था सीता एयरको अपराधमा महाप्रबन्धक पदमा रहँदाकै बेला मदन खरेल सहभगाी थिए ।

आफनो लहडमा देश डुबाउन तयार हुने प्रधानमन्त्री केपी ओलीले असक्षम र भ्रष्ट भएको थाहा हुँदा हुँदै मदन खरेललाई वायुसेवा निगममा भिœयाउनु नै दुर्दशा थियो । यस्तै दुर्दशा नागरिक उड्डयन प्राधिकरणमा राजन पोखरेलले सिर्जना गरेका छन् । नेपाल भ्रमण वर्ष २०२० मा २० लाख पर्यटक भिœयाउने योजना सरकारको छ । तर वायुसेवा निगममा जहाजले गन्तव्य पाउँदैनन् । हरेक ठाउँमा कमिशन खोज्ने निगमका धमिराहरूले आङ्खनो संस्थाको भन्दा निजी विमान कम्पनीहरूको सेवा गर्दा राष्ट्रिय ध्वजाबाहक कम्पनी ओरालो लागेको हो । महाप्रबन्धक हुँदैमा असफल भएका खरेलले गरेका निर्णयको छानविन हुनुपर्छ । वाइडवडीको ऋण लगानीकर्ता संस्थाहरू कर्मचारी सञ्चयकोष र नागरिक लगानीकोष समेत ऋण नउठ्दा दंग छन् । सरकारको कम्पनी सञ्चालन गर्ने जिम्मा पाएका कार्यकारी अध्यक्ष नै संस्था सुधार्न भन्दा बढी ध्यान कमाउनमा केन्द्रीत हुँदा पर्यटन मन्त्रालय समेत कठोर हुन सकेन । कामभन्दा प्रधानमन्त्रीको धाक लगाएर खरेलले पछिल्लो अवधिमा वायुसेवा निगमलाई डुबाएर गएका छन् । निगमलाई सुधार्ने सक्षम व्यवस्थापकको खाँचो छ । राजीनामा दिएकै दिन खरेल अष्ट्रेलिया उडेका छन् ।


सम्बन्धित समाचार

आज पनि अति भारी वर्षाको सम्भावना

२०८१ आश्विन १२

ताजा नेपाल

कुलेखानी भरियो, खोलियो दुवै ढोका

२०८१ आश्विन १२

ताजा नेपाल