Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सरकार र निजी क्षेत्रसँगै अगाडि नबढे अर्थतन्त्रले गति समात्न नसक्ने बताएका छन् । नेपाल आर्थिक पत्रकार संघ नाफिजको १६ औँ वार्षिक साधारण सभामा उनले यस्तो बताएका हुन् । अध्यक्ष ढकालले भने, जबसम्म निजी क्षेत्र सँगै लिएर जान सकिँदैन, तबसम्म नेपालको अर्थतन्त्र अगाडि लैजान सकिँदैन । यो प्रमाणित भइसकेको छ । निजी क्षेत्रप्रति हेर्ने दृष्टिकोण फेरिनु पर्ने आवश्यकता रहेको उनले बताए । अर्थतन्त्रका एजेन्डामा नेपाल पछि परेकाले यसमा ध्यान दिनुपर्ने समेत उनले सुझाए । उनले कलेक्टिभ एप्रोच नभएको र यसले खोजेको वास्तविक रिजल्ट प्राप्त गर्न नसकिने बताए । नेपालमा केही गर्न सकिँदैन, भनेर जुन प्रचार गरिएको छ त्यसलाई चिर्ने काम नेपाल उद्योग वाणिज्य महासंघले गरिरहेको उनले बताए । आन्तरिक पुँजी परिचालन गरेर धेरै गर्न सकिन्छ । नेपालमा केही गर्न सकिँदैन भन्ने म्यासेजलाई चिर्दै निजी क्षेत्रले नेपालमै केही गर्न सकिन्छ भनेर गर्न सन्देश दिएका छौँ, उनले भने । त्यस्तै, जेन्जी आन्दोलनले माग गरेजस्तै सुशासनका विषयमा निजी क्षेत्रले पनि माग गरेको उनले बताए । आन्दोलनपछि कतिपय निजी क्षेत्रले माग गरेको विषयहरू परिवर्तन भइसकेका र हुने क्रममा रहेकाले निजी क्षेत्र उत्साहित रहेको छ । साथै उनले सिईओको हातमा निर्णय रहने भएकाले उनीहरूको चाहनाअनुसार काम हुने गरेको गुनासो गरे । अध्यक्ष ढकालले भने, सिईओले चाह्यो भने त्यो अध्यक्षलाई मनाएर जसरी पनि पारित गर्छ । तर यदि सिईओले चाहेन भने उसले कुनै कुरा पारित गर्न मान्दैन । यस्तो किसिमको गतिविधि सबैतिर रहेको छ । एफएनसिसिआईले नेपालमा लगानी प्रवर्द्धन गर्नका लागि देश तथा विदेशमा विभिन्न क्रियाकलाप गरेको समेत उनले जानकारी दिए ।
२०८२ फाल्गुन २३
ताजा नेपाल
२०८२ फाल्गुन २३
ताजा नेपाल
२०८२ फाल्गुन २३
ताजा नेपाल