Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

निजी अस्पताल कोभिड विशेष अस्पतालको सूचीबाट हटे

काठमाडौं । कोरोना कहरले सिंगो विश्व आतंकित बनेको बेला स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै निजी अस्पतालहरुलाई कोभिड–१९ विशेष अस्पतालको सूचीमा राखेको थियो । तर अवस्था सहज हुँदै गएपछि त्यो सूचिबाट निजी अस्पतालहरु हटेका छन् । आइतबारको पत्रकार सम्मेलनमा बोल्दै मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले कोभिड–१९ विशेष अस्पतालको सूचीबाट सबै निजी अस्पताललाई हटाउने निर्णय गरेको जानकारी दिए। तर मेडिकल कलेजहरु भने कोभिड–१९ विशेष अस्पतालको सूचीमा कायमै रहने पनि डा गौतमले बताए।
आइतबारबाट लागु हुनेगरी सबै निजी अस्पतालहरुलाई कोभिड–१९ विशेष अस्पतालको रुपमा नरहने व्यवस्था गरिएको भन्दै डा गौतमले निजी अस्पतालमा भर्ना भएर उपचारत बिरामीहरुको हकमा भने अबको १० दिनसम्मको उपचार बापतको रकम स्वास्थ्य मन्त्रालयले दिने डा गौतमले बताए। आवश्यकता परेमा फेरी कुनै पनि अस्पताललाई कोभिड विशेष अस्पतालको रुपमा सूचीकृत गर्न सकिने भएकाले कोभिडका बिरामीको उपचारका लागि निजी अस्पतालहरु तयारी अवस्थामा भने रहनुपर्ने डा गौतमको भनाइ छ।
यस्तै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले यसअघि बिरामीहरुको स्वाब संकलन गरी निजी प्रयोगशालाहरुमा पठाउने गरेकोमा आइतबार देखि निजी प्रयोगशालामा स्वाब नपठाउने निर्णय भएको पनि जानकारी दिए।


सम्बन्धित समाचार

दसैँ घरमा फूलपाती भित्र्याइँदै

२०८१ आश्विन २४

ताजा नेपाल

कुलमानलाई हटाउने यस्तो त चाँजोपाँचो

२०८१ आश्विन २४

ताजा नेपाल