Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

निजी क्षेत्रको सहयोग बिना समृद्धि असम्भव

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सचिवालय सदस्य तत्काल थप नहुने स्पष्ट पारेका छन् । उनले धेरै लामो मेहनत र संघर्षपछि देशमा नयाँ राजनीतिक परिस्थिति बनाएको उल्लेख गर्दै अब आर्थिक समृद्धिको नयाँ युगतिर लैजानुपर्नेमा जोड दिए । आर्थिक लोकतन्त्रको युगतिर जानका लागि नीजि क्षेत्रलाई सहकार्य र विश्वासमा लिएर प्रोत्साहित लिएर राज्य अगाडि बढन सकेन भने समृद्धिको सपना सपनामात्रै हुन्छ । उनको भनाई थियो ।
प्रचण्डले राज्यका तर्फबाट सकारात्मक र रचनात्मक ऐन, कानुन, नियम, व्यवस्था र तालिम सञ्चालन गर्न नसके लामो संघर्षपछिको उपलब्धि खतरामा पर्ने अवस्था आउनेमा सचेत गराए । उनले भने, तिबेला राज्यको नेतृत्व र लोकतन्त्रका लागि योगदान दिने नीजि क्षेत्र मिलेर आर्थिक समृद्धिका लागि सकारात्मक वातावरणका लागि नयाँ अभियान बनाउनु जरुरी छ । अध्यक्ष प्रचण्डले इतिहासमा राजनीतिक क्रान्ति र परिवर्तनपछि पराजित तत्वहरु कुनै न कुनै रुपमा छटपटिने र पुनर्स्थापनाका लागि प्रयासका रुपमा देखिने बताए । २०६३र०६४ सम्म आउँदा सम्पन्न गरेको जनक्रान्ति र त्यसपछि संविधानसभा हुँदै संविधानमा भएको सबै तहको समझदारी र सहकार्यबाट इतिहासमा केही कीर्तिमान कायम गरेको बताउँदै अध्यक्ष प्रचण्डले मानिसहरुले सामान्य र असम्भव ठानेका राजनीतिक परिवर्तन र शान्तिका, संविधान निर्माणका, लोकतान्त्रिक गणतन्त्रका मूलभुत मान्यतासहित अधिकार स्थापना गर्न सफलता पाएको उल्लेख गरे । तर यी सफलताको अन्तिम परिणाम आर्थिक समृद्धिमा गएर खोज्नुपर्छ । उनले अगाडि भने, आर्थिक प्रगतिको नयाँ युगतिर डोर्याउन सकिएन भने राजनीतिक परिवर्तन दिगो हुन सक्दैन । त्यो चुनौती र परीक्षा तपाई हामी सबैका अगाडि छ ।