Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

निजी क्षेत्रको साथले अर्थतन्त्र चलयामान

काठमाडौँ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले निजी क्षेत्रको मनोबल र आत्मविश्वास बढाएर काम गर्ने बताएका छन् । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठलगायत प्रतिनिधिमण्डलसँग भेट्दै अर्थमन्त्री पौडेलले निजी क्षेत्रलाई सहयोग र प्रोत्साहन गर्ने नीति सरकारको रहेको बताए । उनले निजी क्षेत्रसँगको सहकार्यमै कोभिड १९ले पारेको प्रतिकूलतालाई न्यूनीकरण गर्दै अर्थतन्त्रलाई गतिशील बनाउन सकिने बताए । त्यसका लागि सरकार र निजी क्षेत्र मिलेर अघि बढ्न आवश्यक रहेको उनको भनाइ छ । अर्थमन्त्री पौडेलले प्रतिकूल अवस्थामा स्वास्थ्य सुरक्षाका सबै मापदण्डलाई विशेष ध्यान दिएर व्यापार, व्यावसाय र उद्योगहरु चलाइ अर्थतन्त्रलाई चलायमान बनाउन आग्रह गरेका छन् ।
अर्थमन्त्री पौडेलले सरकारले निजी क्षेत्रका समस्या र कठिनाइलाई बुझ्ने र निजी क्षेत्रले सरकारको सीमा र भूमिकालाई बुझेर अघि बढ्दा धेरै समस्या समाधान सकिने धारणा व्यक्त गरेका छन् । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले क्रयशक्ति बढाइ आर्थिक क्षेत्रलाई चलायमान बनाउन, व्यापार र उद्योग क्षेत्रलाई सहज रुपमा सञ्चालन गर्ने वातावरण तयार पार्न आग्रह गरे । उक्त अवसरमा चेम्बरले सरकारलाई विभिन्न २२ बुँदे सुझाव पेश गरेको छ ।


सम्बन्धित समाचार