Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

निजी क्षेत्र र सरकारबीच थप साझेदारी आवश्यक

काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले डिजिटल अर्थतन्त्रलाई प्रोत्साहन दिई डिजिटल नेपाल बनाउने लक्ष्य हासिल गर्न निजी क्षेत्र र सरकारबीच थप साझेदारीका लागि आह्वान गरेका छन्। ‘राष्ट्रिय सूचना तथा संचार प्रविधि दिवस २०२३’ का अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले अर्थतन्त्रलाई डिजिटलाइज गर्न निजी क्षेत्र अगाडि बढिसकेकाले थप सहजीकरण गर्न सरकारसँग आग्रह गरेका हुन्। ‘डिजिटल नेपाल बनाउनका लागि निजी क्षेत्र र सरकारको उल्लेखनीय लगानीको आवश्यकता छ । सूचना प्रविधिका लागि आवश्यक मानवीय संसाधन र प्राविधिक शिक्षा, इन्टरनेटको सहजता र सुलभता हुनु जरुरी छ’, उनले भने, सूचना प्रविधिको प्रयोगले नेपाली उत्पादन र सेवाको निर्यातलाई बढाएर विदेशी मुद्रा आर्जन गर्न सकिने भएकोले यसमा सरकार र निजी क्षेत्रबीच थप साझेदारी आवश्यक छ। महासंघले सूचना प्रविधि क्षेत्रलाई विशेष प्राथमिकतामा राखी छुट्टै सूचना तथा सञ्चार प्रविधि विकास समिति गठन गरेको पनि अध्यक्ष ढकालले बतािए। सूचना प्रविधि क्षेत्रमा लागेका निजी क्षेत्रका व्यवसायीहरुले निरन्तर पोलका समस्या, विद्युतीय शुल्क, अनलाइन पेमेन्ट लगायतका समस्या भोग्नुपरेकाले प्राथमिकताका साथ समाधान गर्न पनि उनले सरकारसँग आग्रह गरे।
सूचना प्रविधिको उपयोगबाट बढीभन्दा बढी फाइदा लिन उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले तयार पारेको स्टार्ट अप पोलिसी तत्काल पारित गर्न, डिजिटल सिग्नेचरलाई मान्यता दिई प्रयोगमा ल्याउन, कर, ब्याजदरलगायतमा सुबिधा दिएर सूचना प्रविधि हबको विकासमा सघाउन पनि अध्यक्ष ढकालले सरकारसँग आग्रह गरे। प्रविधिबाट कोही वञ्चित नहोस् भन्ने मान्यतामा दृढ रहँदै डिजिटल डिभाइड कम गर्न सूचना तथा सञ्चार प्रविधिलाई थप सहज र सर्वसुलभ बनाउने प्रयासमा सबै क्षेत्रले योगदान गर्नुपर्ने पनि अध्यक्ष ढकालले उल्लेख गरे।