Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

निदान अस्पतालमा नक्कली व्यक्ति खडा गरी मिर्गौला प्रत्यारोपणमा संलग्न पक्राउ

काठमाडौं । ललितपुरको पुल्चोकस्थित निदान अस्पतालमा एक व्यक्तिको नाममा अर्कै व्यक्तिको मिर्गौला झिकी किनबेच तथा प्रत्यारोपणमा संलग्न ५ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा निदान अस्पतालका सिईओ काठमाडौं नागर्जुन नगरपालिकास्थित बृहत अपार्टमेन्टमा बस्ने काठमाडौं महानगरपालिका(२६ घर भएका बिपेन्द्र प्रधान, निदान अस्पतालका लिगल अफिसर भक्तपुर मध्यपुर ठिमी नगरपालिका(२ बस्ने सप्तरी कन्चनपुर नगरपालिका(९ घर भएका कुमुद कुमार भट्टराई, निदान अस्पतालका चिकित्सक काठमाडौं महानगरपालिका(२९ घर भएका डा। राजेश पन्त, जिल्ला प्रशासन कार्यालय ललितपुरका शाखा अधिकृत ललितपुर कोन्ज्योसोम गाउँपालिका(२ बस्ने रामचन्द्र आले र मिर्गौला ग्रहण गरेका काठमाडौं स्वयम्भू बस्ने रामेछाप दोरम्बा(३ घर भएका शंकरलाल लामा रहेका छन् ।
उक्त अस्पतालमा मिर्गौला झिकी किनबेच तथा प्रत्यारोपण गराएको भन्ने सूचनाको आधारमा प्रहरी प्रधान कार्यालय मानव बेचबिखन अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले अनुसन्धान गर्ने क्रममा सो घटनामा संलग्न उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ परेका व्यक्तिहरु उपर मानव बेचबिखन तथा ओसारपसार ९नियन्त्रण० ऐन,२०६४ अनुसार अनुसन्धान भइरहेको उक्त व्यूरोले जनाएको छ ।