Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक निफ्राले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ९.३० प्रतिशत नाफा बढाएको छ । असोज मसान्तसम्ममा बैंकले ४१ करोड ३८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको हो । गत वर्षको सोही अवधिमा बैंकले ३७ करोड ८६ लाख रुपैयाँ नाफा कमाएको थियो । असोज मसान्तसम्म बैंकको खुद ब्याज आम्दानी ६.९९ प्रतिशत बढेर ७० करोड १५ लाख रुपैयाँ आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले ६५ करोड ५७ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । तीन महिनाको अवधिमा बैंकको कुल सञ्चालन आम्दानी ६.८४ प्रतिशत बढेर ७० करोड ६५ लाख रुपैयाँ, सञ्चालन मुनाफा ९.२८ प्रतिशत बढेर ५९ करोड ११ लाख रुपैयाँ र वितरणयोग्य नाफा २१ करोड २४ लाख रुपैयाँ पुगेको छ । समीक्षा अवसधमा बैंकको चुक्ता पूँजी २१ अर्ब ६० करोड रुपैयाँ, जगेडा कोष २२.९५ प्रतिशत बढेर २ अर्ब ५९ करोड ६६ लाख रुपैयाँ, निक्षेप १०८.१३ प्रतिशत बढेर ८२ करोड ३३ लाख रुपैयाा र कर्जा ६.३१ प्रतिशत बढेर १८ अर्ब ९३ करोड ३९ लाख रुपैयाँ पुगेको छ । बैंकको नाफासँगै प्रतिसेयर आम्दानी ६५ पैसा बढेर ७.६६ रुपैयाँ पुगेको छ । बैंकको प्रतिसेयर नेटवर्थ ११२.२ रुपैयाँ रहेको छ भने मूल्य आम्दानी अनुपात २४.३६ गुणा रहेको छ।
२०८१ मंसिर ७
ताजा नेपाल
२०८१ मंसिर ६
ताजा नेपाल
२०८१ मंसिर ५
ताजा नेपाल