Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

नियन्त्रित लागूऔषध सहित पक्राउ

काठमाडौं . काठमाडौं महानगरपालिका-२६ सामाखुशी सडक किनारबाट नियन्त्रित लागूऔषध बुप्रेनोर्फिन (लुप्रेजेसिक) २५ एम्पुल, डाइजेल्याब २६ एम्पुल र फेनारगन २३ एम्पुल सहति २ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा ईलाम देउमाई नगरपालिका-९ ठेगाना भएका २९ वर्षीय केशब बहादुर रैका मगर र झापा भद्रपुर नगरपालिका-२ पृथ्वीनगर ठेगाना भएका ३० वर्षीय धन बहादुर मगर रहेका छन् । लागूऔषध नियन्त्रण व्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । दुवै जनालाई लागूऔषध मुद्दामा थप अनुसन्धान भइरहेको उक्त व्यूरोले जनाएको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार