Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

नियन्त्रित लागूऔषध सहित पक्राउ

उदयपुर । त्रियुगा नगरपालिका(२ खूदियाई जंगलबाट नियन्त्रित लागूऔषध डाइजेल्याब ३० एम्पुल, लुप्रिजेसिक ३० एम्पुल र फेनारगन ३० एम्पुल सहित त्रियुगा नगरपालिका(१ बस्ने २४ वर्षीय बिबेक राई समेत २ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरीले लु।४६ प ४४८ र स।११ प ४९७५ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरुलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार