Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

नियन्त्रित लागूऔषध सहित ३ जना पक्राउ

धनुषा । जनकपुर उपमहानगरपालिका-४ जनक चोकबाट नियन्त्रित लागूऔषध नाईट्राभेट ट्याबलेट ९ पिस सहित ३ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा सबैला नगरपालिका-३ बस्ने २० वर्षीय प्रबिण कुमार यादब, १९ वर्षीय राम शर्मा र २० वर्षीय मुकेश साह रहेका छन् । प्रहरी चौकी जनकपुरधामबाट खटिएको प्रहरीले स.१० प ८८९८ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरुलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार