Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

नियन्त्रित लागूऔषध सहित पक्राउ

रुपन्देही । रोहीणी गाउँपालिका-६ स्थित सडकबाट नियन्त्रित लागूऔषध नुर्फिन २ सय ५० एम्पुल, डाइजेपाम २ सय ५० एम्पुल र प्रेमिठाजिन २ सय ५० एम्पुल सहित २ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा भारतीय नागरिक किसन भारत र २१ वर्षीय अशोक भारती रहेका छन् । प्रहरी चौकी प्रिपहवाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको साईकल जाँच गर्ने क्रममा उक्त लागूऔषध सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।