Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

नियन्त्रित लागूऔषध सहित पक्राउ

काठमाडौं । भक्तपुर, भक्तपुर नगरपालिका(४ भेलुखेलका राजन भेलेलाई नियन्त्रित लागूऔषध फेनरागन, नुर्फिन र डाईजेल्याप समेत गरी १ सय १३ एम्पुल, नाईट्राभेट १५ ट्याब्लेट, सिरिन्ज १० थान, मोबाइल १० थान र नगद ९ हजार रुपैयाँ सहित मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । साथै उक्त लागूऔषध खरिद गर्न आएका भक्तपुर नगरपालिका(६ भोलाछे बस्ने आयुष कस्ती समेतलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
धादिङ, गजुरी गाउँपालिका(२ मलेखुस्थित सडकबाट नियन्त्रित लागूऔषध नाईट्रोसन २ सय ८८ एम्पुल, बुप्रेनोर्फिन ५० एम्पुल, फेनरागन ५० एम्पुल, डाइजेपाम ५० एम्पुल सहित मंगलबार साँझ २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा रुपन्देही देवदह नगरपालिका(७ बस्ने २८ वर्षीय सूर्य लामिछाने र लमजुङ सुन्दरबजार नगरपालिका(८ बस्ने २८ वर्षीय आकाश क्षेत्री रहेका छन् । प्रहरीले लु।३३ प २७२५ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकल चालक लामिछाने र मोटरसाइकलमा सवार क्षेत्रीको साथबाट उक्त परिमाणको लागूऔषध फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।