Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

नियन्त्रित लागूऔषध सहित पक्राउ

काठमाडौं । काठमाडौं, नागर्जुन नगरपालिका-४ बाफलबाट नियन्त्रित लागूऔषध डाइजेल्याब ७३ एम्पुल, फेनरागन ७४ एम्पुल, नुर्फिन २२ एम्पुल र नगद १० हजार रुपैयाँ सहित मोरङ पथरी नगरपालिका(१ शनिश्चरे घर भई हाल काठमाडौं महानगरपालिका-१४ बल्खु डेरा गरी बस्ने ४२ वर्षीय गोकुल बहादुर खड्कालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
उक्त स्थानमा लागूऔषध बेचबिखन भइरहेको खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
धनुषा, मिथिला नगरपालिका-७ प्लाई फ्याक्ट्री अगाडिबाट नियन्त्रित लागूऔषध नाईट्रोभेट १ सय ५० ट्याब्लेट, डाईजेपाम ८ एम्पुल, फेनरागन ८ एम्पुल र नुर्फिन ८ एम्पुल सहित सर्लाही बिष्णु नगरपालिका-९ बस्ने २० वर्षीय रंजित कुमार महतोलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय ढल्केबरबाट खटिएको प्रहरीले वीरगंजबाट जनकपुरतर्फ जाँदै गरेको ना.४ ख ५५५७ नम्बरको बसमा सवार महतोमाथि शंका लागि निजको झोला जाँच गर्दा उक्त लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।