Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

नियन्त्रित लागूऔषध सहित पक्राउ

काठमाडौं । चन्द्रागिरी नगरपालिका(२ नागढुङ्गाबाट नियन्त्रित लागूऔषध नुर्फिन १७ एम्पुल, फेनारगन १७ एम्पुल र डाइजेपाम १५ एम्पुल सहित २ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा सिन्धुली घर भएका २२ वर्षीय शुसन आछामी र खोटाङ दिक्तेल घर भएका २६ वर्षीय निशान पौडेल रहेका छन् । महानगरीय प्रहरी प्रभाग नागढुङगाबाट खटिएको प्रहरीले वीरगंजबाट काठमाडौंतर्फ आउँदै गरेको ना।५ ख २४८६ नम्बरको बस जाँच गर्ने क्रममा बसमा सवार उनीहरुलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार