Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

नियन्त्रित लागूऔषध सहित पक्राउ

काठमाडौं । काठमाडौं महानगरपालिका(९ जयबागेश्वरीस्थित सडकबाट नियन्त्रित लागूऔषध बुप्रेनोर्फिन १ सय एम्पुल, डाइजेपाम १ सय एम्पुल, फेनारगन १ सय एम्पुल, नाइट्राभेट ट्याब्लेट ६ सय थान र नगद ४० हजार रुपैयाँ सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा मोरङ बिराटनगर महानगरपालिका(१६ घर भएका ४९ वर्षीय गोपाल प्रसाद गुप्ता र बारा निजगढ नगरपालिका(१० घर भएका १९ वर्षीय आयुष तामाङ रहेका छन् । लागूऔषध नियन्त्रण व्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार