Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

निरन्तर शनिबारमा सिन्धुलीय र रूपक

निरन्तर शनिबारको यस पटकको शृङ्खलामा अतिथिका रूपमा कवि प्रोल्लास सिन्धुलीय र गजलकार रूपक अलङ्कारलाई निम्त्याइएको थियो । कार्यक्रममा बोल्दै कवि सिन्धुलीयले कविता कहिल्यै पुरानो नहुने र राम्रो कविता कालजयी हुने बताउनु भयो । कहिलेकाहीँ आफूले राम्रो लेखेँ भनेको कविता अरुले वास्ता नगरेको र मध्यम स्तरकै होला ठानेको कविताले खुब ताली पाउने गरेको अनुभव पनि सुनाउनु भयो । पाठक वा श्रोताको काव्यिक चेतनाले कविताको मापनमा फरक पार्ने भन्दै कवितालाई बुझ्न गम्भीर ढङ्गले पढ्नु पर्ने र अखबारमा समाचार पढे जसरी पढ्दैमा कवितालाई पर्गेल्न नसकिने जिकिर गर्नु भयो । त्यसैगरि यस पटकको शृङ्खलामा अतिथि गजलकारका रूपमा रूपक अलङ्कारलाई निम्त्याइएको थियो । गजलकार अलङ्कारले वाल्मीकि विद्यापीठमै आफूले पढेको, सिकेको, लेखनतिर अग्रसर भएको र अहिले यसमै कार्यरत रहेको जानकारी गराउनु भयो । त्यस्तै यस पटकको शृङ्खलामा इन्द्र लम्साल, पूर्णिमा प्रतिविम्ब, केवल कार्की, सुवास पराजुली, ईश्वर थापा, सुदर्शन शर्मा, पदम दाहाल, राजबाबु श्रेष्ठ ‘सागर’, विमला अधिकारी, प्रकाश बस्नेत गफाडी, प्रकाश पुडासैनी, गोविन्द गजुरेल, शैलेन्द्र अधिकारी, सोझो गाउँले लगायतले आआफ्ना रचनाहरु (कविता, गीत, गजल, मुक्तक) सुनाएका थिए । कार्यक्रम वाल्मीकि विद्यापीठमा सम्पन्न भएको थियो ।


सम्बन्धित समाचार

धरौटीमा छुटे गायक रवि ओड

२०८१ जेष्ठ ४

ताजा नेपाल

मोडलिङमा मोहित बनेका शाही

२०८१ बैशाख ३१

ताजा नेपाल